बेलायतमा कोरोना विरुद्धको खोप लगाउन तोकियो ५० अस्पताल
काठमाडौं । कोरोनाबाट अति प्रभवित देशको सूचीमा रहेको बेलायतले मंगलबारदेखि कोरोना विरुद्धको खोप लगाउने भएको छ ।
संसारभरमा हालसम्म कूल ६ करोड ७९ लाख बढी कोरोना संक्रमित भइसकेका छन् । त्यसमध्ये १५ लाख ४९ हजारको ज्यान गइसकेको छ । अमेरिकमा मात्रै संक्रमितको संख्या १ करोड ५३ लाख भन्दा बढी रहेको छ । सो देशमा २ लाख ९० हजार बराबरको ज्यान गएको छ ।
बेलायतमा मंगलबारदेखि कोरोना भाइरस विरुद्धको खोप प्रयोग गर्न थालिने भएको छ । करिब एक साता पहिले नै फाइजर बायोएनटेक खोपको बेलायती नियामकले अनुमति दिएको थियो । तर, फ्रान्समा भने लकडाउन खोल्न सरकार तयार भएको छैन । देशको अवस्था राम्रो नभएपनि सस्थ्य कारण देखाएरु ल्कडाउन खोल्न सरकार तयार नभएको हो ।
बेलायती पत्रिका दि गार्डियनका अनुसार मंगलबार इंग्लयाण्ड, वेल्स तथा स्कटल्याण्डमा कोरोना विरुद्धको खोप शुरु हुनेछ । उत्तरी आयरल्याण्डमा पनि शिघ्र नै खोप शुरु गरिनेछ ।
विवरण अनुसार नेशनल हेल्थ सर्भिसलाई खोप भण्डारणको सबैभन्दा ठूलो चुनौती देखिएको छ । एनएचएचका सर्भिस व्यवस्थापक सेफ्रोन कोर्डरीका अनुसार सबैभन्दा पहिला ५० अस्पतालाई खोपका लागि चुनिएको छ ।
सबै अस्पतालमा राम्रो र उच्च क्षमतामा फ्रिज छैनन् । जानकारी अनुसार ८ लाख डोज खोप बेल्जियमबाट बेलायत पुगेको छ । बेलायतमा शिघ्र खोप प्रयोग गर्ने विषयमा विभिन्न प्रश्न समेत उठेका थिए ।
बेलायत सरकारले खोप प्रयोग गर्ने नागरिकको सुक्ष्म निरीक्षण समेत गर्ने भएको छ । विश्व स्वास्थ्य संगठनले भने जसलाई खोप आवश्यक पर्छ, उसलाई मात्रै प्रयोग गर्न भनेको छ । अहिल्यै सबैलाई खोप दिनु जरुरी नभएको उसको भनाइ छ ।
भारत सरकारले कोरोना भाइरसविरद्धको खोप १ अर्ब ६० करोड डोज माग गरेको छ । त्यसका लागि भारतले प्रि अर्डर दिइसकेको छ । जसबाट ६० प्रतिशत जनसंख्या लाभान्वित हुने अपेक्षा गरिएको छ ।
हालसम्म विश्वमा सबैभन्दा धेरै भारते १६० करोड भ्याक्सिनको प्रि अर्डर गरेको छ भने त्यसपछि युरोपियन संघले १ अर्ब ५९ करोड, अमेरिकाले १ अर्ब १ करोड डोज खोज प्रि अर्डर गरेका छन् ।
त्यसका साथै कोभ्याक्सिले ७० करोड, क्यानडाले ३६ करोड, बेलायतले ३६ करोड इन्डोनेसियाले ३५ करोड, जापानले २९ करोड, ब्राजिलले १९ करोड र मेक्सिकोले १६ करोड डोज भ्याक्सिनका लागि प्रि अर्डर दिइसकेका छन् ।