बोर्डले ब्रोकर कमिशन नघटाएको भन्दै लगानीकर्ता आक्रोशित, लहडमा कारोबार नगर्न आग्रह



काठमाडौं । सेयर बजारले नयाँ रेकर्ड कायम गरेसँगै लगानीकर्ताका संस्थाहरुले लहडमा लागेर सेयर कारोबार नगर्न सबैलाई आग्रह गरेका छन् ।

नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ, नेपाल पुँजिबजार लगानीकर्ता संघ, नेपाल पुँजी बजार संघ र शेयर लगानीकर्ता दबाब समूहले संयुक्त विज्ञप्ति जारी गर्र्दै लगानीकर्तालाई लहडमा लागेर कारोबार नगर्न आग्रह गरेका हुन् ।

शेयर कारोबार गर्दा विज्ञको सल्लाह बिना कसैको लहलहैमा लागेर बिना अध्ययन लगानीगर्दा आफ्नो मिहिनेत र पसिनाको कमाईमा नोक्सानी हुनसक्ने तर्फ सम्वेदनशिल बन्न लगानीकर्तालाई आग्रह गरेको छ ।

लगानिकर्ताहरूले आफुले लगानी गर्ने कम्पनीहरूको विगतको इतिहास, संचालकहरूको सामाजिक हैसियत, कम्पनिद्वारा वितरित लाभांश इतिहास र भविष्यमा पाउने प्रतिफल जस्ता आधारभूत कुराहरूको गहन अध्ययन र विश्लेषण गरी उक्त कम्पनिको शेयरमा लगानी गर्नु समेत आग्रह गरेका छन् ।

जारी विज्ञप्तिमा मेरो शेयरमा आइरहने गढबढिले शेयर बजारलाई नकारात्मक असर पारिरहेको भन्दै यो समस्याको अविलम्ब समाधान गरी लगानीकर्ताहरूलाई विश्वस्त पार्न समेत अनुुरोध गरेका छन् ।
पाँच वटै लगानीकर्ताका संगठनले लगानीकर्ताहरूको लगानी कम गर्ने कडिको रूपमा रहेको ब्रोकर कमिशन ०.२५ प्रतिशत कायम गर्न आग्रह समेत गरेका छन् ।

धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले समिति ग गठन गरेर प्रतिवेदन गरेर कात्तिक १ गते बाट कमिशन घटाउने भने पनि अहिलेसम्म ब्रोकर कमिशन नघटेको भन्दै आक्रोस समेत व्यक्त गरेका छन् । संयुक्त विज्ञप्तिमा वर्तमान यथार्थलाई दृष्टिगत गर्दै यथासक्य कमिशन घटाउन माग गरेका छन् ।

शेयर बजार ४ वर्षको वियरिस ट्रेण्ड बाट भर्खरै बुलिस ट्रेण्डमा जान थालेको भन्दै पुँजिबजारको विकासमा नियामक निकायले चालेका सकारात्मक कदमहरू,नट्सको सफल कार्यान्वयन, शेयरकर्जाको व्याजदरमा कमि, देशको शोधानान्तर वचतमा बढोत्तरी, विप्रेषण प्रवाहमा वृद्धि, अधिकांश बैंक तथा वित्तिय संस्थाको सन्तोषजनक त्रैमासिक वित्तिय विवरण,कोरोनाको नकारात्मक प्रभाव कम हुनु नयाँ अर्थमन्त्री बिष्णु प्रसाद पौडेल पुँजिबजार मैत्री हुनुले पनि बजार अझै बढने जारी विज्ञप्तिमा उल्लेख छ ।

बिहीबार नेपालको शेयर बजारको इति हासमा ७० हजार ३ वटा कारोबार बाट ७ अर्ब ६१ करोड ३० लाख ३० हजार रुपैयाँको १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता शेयर खरिद बिक्री भएरको छ भने नेप्से परिसूचक १८९३.२४ विन्दुमा कायम छ ।

जारी विज्ञप्तिमा समय समयमा अनलाईन प्रणालीमा आईरहने समस्या अझै पनि विधमान रहेकोले त्यस्ता समस्याको दिर्घकालिन समाधानको लागि सम्बन्धित निकायलाई गुनासो गरि रहने विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु