सर्बोच्च अदालतले रोकेन उद्योग वाणिज्य महासंघको निर्वाचन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा र निर्वाचन गर्न सर्बोच्च अदालतले बाटो खोलिदिएको छ ।

निर्वाचन रोक्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले निवेदकका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश जारी नहुने फैसला गरेको हो ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले महासंघको साधारणसभा र निर्वाचन रोक्न माग गर्र्दै परेको रिटमा सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेसँगै अब महासंघको निर्वाचन नरोकिने भएको छ ।

आज बिहीबारदेखि शुरु भएको महासंघको साधारणसभा र निर्वाचन शनिबार सकिँदैछ । सामान्यतयाः कारण देखाउ आदेश जारी भएपछि सामान्य प्रक्रियामा पनि एक साताको समय लम्बिने भएकाले महासंघको निर्वाचन र साधारणसभा नरोकिने भएको हो ।

महासंघविरुद्ध प्रदेश नम्बर २ का अध्यक्ष शिवशंकर शाहले निर्वाचन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।


पुष्प दुलाल