अपडेटः सेयर बजारमा उछाल कायमै, डेढ घन्टामा सवा ३ अर्बको कारोबार
काठमाडौं । नयाँ रेकर्ड कायम गरेको सेयर बजारमा कारोबार सुरु भएको डेढ घन्टामा नै ५०.२९ अंकले बढेर १९२५.१० बिन्दुमा पुगेको छ ।
यसअघि ४ वर्ष ४ महिना अघिको १८८१.४५ अंकको रेकर्डलाई ब्रेक गरेर नयाँ गन्तव्य तर्फ लगेको सेयर बजारमा ३ अर्ब २३ करोड ८५ लाख ८८ हजार ३२२ रुपैयाँको सेयर कारोबार भएको छ ।
यो समाचार तयार पार्दासम्म बैंकिङ, विकास बैंक, जलविद्युत कम्पनी, उत्पादन तथा प्रशोधन। निर्जीबन बीमा, माइक्रोफाइनान्स, जीवन बीमा समूहको उपसूचमा उछाल देखिएको छ ।