सेयर बजारमा उछाल, हालसम्मकाे उच्च बिन्दु नजिक
काठमाडौं । सेयर बजारमा उछाल आएको छ । कारोबारको सुरुको केही समय बढेको बजार ४५ मिनेटपछि केही घटेपनि पुन बुलिस ट्रेन्ड समाउँदा उछाल देखिएको हो ।
बजारमा देखिएको उछालसँगै ४ वर्ष ४ महिना अघिको १८८१.४५ अंकको उच्च बिन्दु भेटन अब ६.५७ अंक मात्रै बाँकी छ ।
बुधबार बजार मापन गर्ने सूचक ६४.५६ अंकले बढेर परिसूचक १८७४.६७ बिन्दुमा रोकिएको छ । यो दिन ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक १२.९६ अंकले बढेर ३६२.३३ बिन्दुमा रोकिएको छ ।
१९६ कम्पनीको १ करोड ८८ लाख ४६ हजार १८१ कित्ता सेयर ६ अर्ब ८१ करोड ७७ लाख ७४ हजार ९९४ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा ११ वटा समूहको उपसूचकमा उछाल आएको छ । कारोबार रकमको आधारमा नेको इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । नेकोको ४२ करोड २९ लाख ९८ हजार ५२६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल पुनर्बीमा कम्पनी र नेपाल बैंक रहेका छन् ।