एनएमबी लघुवित्त वित्तीयले २० प्रतिशत लाभांश दिने
काठमाडौं । एनएमबी लघुवित्त वित्तीयले सेयर लगानीकर्तालाई २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
संस्थाले लगानीकर्तालाई आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट १९ प्रतिशत बोनस र १ प्रतिशत नगद (कर प्रयोजनको लागि) दिने प्रस्ताव गरेको छ ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले अनुमति दिएर संस्थाको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।