लोभका कारण यसरी समस्यामा फस्यो झण्डै शताब्दी पुग्न लागेको बैंक, अस्तित्व नै समाप्त हुँदै



काठमाडौं । नेपाली समाजमा लोकप्रिय रहेका अनेकन उखान मध्ये एक हो, लोभले लाभ, लाभले विलाप । यस्तै भएको छ, पछिल्लो पटक भारतको एक नाम चलेको बैंकलाई । झण्डै १०० वर्ष पुग्न लागेको बैंकले लोभ गर्दा अस्तित्व नै संकटमा पर्ने अवस्था सिर्जना भएको छ ।

नेपालमा पनि बेला बेलामा अर्को संस्थाको ऋण तान्ने, निक्षेप तान्ने, व्याजदरमा अस्वस्थ प्रतिस्पर्धा गर्ने प्रवृत्ति भित्र भित्रै मौलाएको छ । केही बैंकले सामान्य नैतिक मूल्यलाई समेत बिर्सेर गलत व्यवहार गर्ने गरेका छन् । सोही कारण उनीहरु आफै पनि समस्यामा पर्ने गरेका छन् ।

किनकी व्यवसाय गर्ने भनेको विश्वास आर्जन गरेर नै हो । राम्रो योजना र प्रडक्ट ल्याए, नागरिकको ध्यान आकर्षित गर्न सकिन्छ । तर, गलत तरिका अपनाएर ततकालका लागि फाइदा उठाउन खोज्दा त्यसले दीर्घकालमा पार्ने प्रभाव पनि ठूलै मूल्य चुकाउने खालको हुन जान्छ ।

यस्तै भएको छ, भारतको लक्षमी विलास बैंकलाई पनि । तामिलनाडुलाई केन्द्र बनाएर स्थापना गरिएको सो बैंक अर्को बैंक डीबीएससँग विलय गर्ने सम्झौता समेत भएको थियो ।

भारतको पूरानो मानिएको सो बैंकको अस्तित्व नै सकिन त लागेको छ नै । त्यो भन्दा बढी त सो बैंकमा जोडिएका लाखौं ग्राहकको विश्वास समेत खण्डित भएको छ ।

झण्डै ३ वर्षदेखि समस्याको चक्रव्यूहमा फसेको सो बैंकलाई भारतको केन्द्रीय बैंक आरबिआईले सुधार गर्न हरतरहले प्रयास गरेको थियो । उसले आवशयक सुविधा दिने सूचीमा समेत सो बैंकलाई राखेको थियो ।

बैंक चरम रुपमा समस्यामा फेसेपछि केन्द्रीय बैंकले हस्तक्षेप नै गरेर भए पनि अर्को बैंकसँग विलय गराइदिन खोजेको हो । समाचार विवरणहरुका अनुसार विलयको योजनाले भने हालसम्म स्वीकृति पाइसकेको अवस्था छैन ।

सो बैंकमा निक्षेप जम्मा गरेका हजारौ नागरिक पैसा झिक्नका लागि लामा लामा लाइन लागेका छन् । उनीहरु आफूहरुदे खाइ नखाइ जम्मा गरेको पैसा हराउने त होइन भन्ने चिन्ताले भयग्रस्त देखिन्छन् ।

भारतीय टेलिभिजन च्यानलहरुले पनि बैंकको शाखा कार्यालय अगाडि लामा लामा लाइन लागेको दृश्य महत्वका साथ प्रचार प्रसार गरेका छन् । कोरोना महामारीमा त्यसको परवाह नै नगरी आफनो पैसा निकाल्न लाइन लाग्नुले लक्षमी विलाश बैंकले झण्डै १०० वर्ष लगाएर कमाएको विश्वास क्षणभरमा नै खत्तम भएको छ ।

लामा लामा लाइन देखिएपछि बैंकका ग्राहकलाई आफनो खाताको पैसा निकाल्न समेत नपाएको अवस्था छ । जम्मा २५ हजार मात्रै निकाल्न दिने दिने सुविधा दिइएको छ । यस्तो व्यवस्था आगामी डिसेम्बर १६ सम्म लागू हुने भएको छ ।

सो बैंकका शाखा भारतका १६ राज्यमा छन् । भारतभर कूल ५६६ वटा शाखा सञ्चालनमा रहेका थिए । समस्यामा परेपछि बैंकले थप पूँजी जुटाउने प्रयास समेत गरेको थियो ।

केही प्रयास भारतीय केन्द्रीय बैंकले स्वीकृती नदिँदा अगाडि बढेन भने केही प्रयास भने हल्ला मात्रै भयो, काम भने हुन सकेन ।

समस्यै समस्यामा फसेको सो बैंकका लगानीकर्ता एवम् सेयरधनीले नै साधारणसभामा नै प्रमुख कार्यकारी अधिकृत र सञ्चालकलाई नै हटाइएको थियो । बैंक सञ्चालनका लागि ३ सदस्यीय कार्यदल बनाइएको थियो । लगानीकर्ताले लेखामानमा काम गर्नेलाई समेत हटाइदिएका थिए ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार पछिल्लो तीन सातामा मात्रै कूल १५० अर्ब भारतीय रुपैयाँ बराबरको निषेप निकालीसकेका छन् । टाइम्स अफ इण्डिया, दैनिक भास्कर, एशियन एजलगायतका सञ्चारमाध्यमहरुका अनुसार बंकले एकै व्यक्तिलाई ७ अर्ब ३० करोड बराबरको कर्जा दिँदा समस्यामा परेको हो ।

ठूलो कर्जा प्रवाह त्यसमा पनि विधि मिचेर काम गरिएका कारण बैंक समस्यामा परेको हो । विवरण अनुसार सन् १०१६ र २०१७ मा मलविन्दर सिंह र शिविन्दर सिंहका योजनालाई राम्रोसँग सोच विचार नै नगरी कर्जा दिइएको थियो । उनीहरुले ऋण तिर्न नै नसक्ने अवस्था पैदा भएपछि बैंक समेत समस्यामा परेको हो ।

पछिल्लो २४ घण्टामा मात्रै बैंकका पैसा निकाल्नेको ठूलो भीड लागेको छ । सेयरको मूल्य समेत घटेर शुन्य हुन सक्ने अनुमानहरु सार्वजनिक भएका छन् । बुधबार मात्रै बैंकको सेयरमा २० प्रतिशतले गिरावट आएको छ ।
कूूल ४ हजार १०० कर्मचारी कार्यरत सो बैंक दक्षिण भारतको कुनै समयको लोकप्रिय बैंकका रुपमा समेत स्थापित थियो ।

संकटमा परेपछि बैंकले निक्षेपकर्तालाई पैसा दिन आनकानी गरेको थियो । केन्द्रीय बैंकको आदेश पछि पुनः पैसा दिन थालिएको छ । नागरिकमा चर्को अफवाह फैलिएका कारण पनि पैसा झिक्नेहरुको लामो लामो लाइन देखिएको हो ।
लामा लाइन लागेपछि महिला, बालबालिका तथा अशक्तका लागि छुट्टै काउण्टर समेत सञ्चालनमा ल्याइएको छ ।

ग्राहकलाई २५ हजारसम्म निकाल्न दिइएको छ । समस्यामा परेकालाई भने ५ लाख भारुसम्म निकाल्न पाइने छ । भारतीय रिजर्भ बैंकले समस्या समाधानका लागि आफूरुले प्रयास गरिरहेको र कुनै पनि भ्रममा नपर्न र नआत्तिन भनेको छ ।

उसले डिबिएस बैंकसँग विलय गराउने र २५ सय करोड बराबरको शुरुवाती लगानी गरेर बैंकलाई समस्याबाट बाहिर निकाल्ने प्रयास थालिएको बताएको छ ।

निर्णय गर्दा ध्यान नदिएका कारण झण्डै शताब्दि पूरा गर्न लागेको बैंक इतिहासको गर्तमा सिमित हुन लागेपछि भारतभर नै त्यसको चर्चा शुरु भएको छ । नेपालमा पनि लक्षमी विलाश बैंक प्रकरणबाट पाठ सिकेर अगाडि बढ्दा फाइदा नै होला भन्ने जानकारहरुले टिप्पणी गरेका छन् ।


पुष्प दुलाल