ज्योति ग्रुपले हिमालयन बैंकको सेयर साढे २४ करोडमा बेच्यो, संचय कोषले बढायो स्वामित्व



काठमाडौं । हिमालयन बैंकमा रहेको संस्थापक सेयर ज्योति ग्रुपले बेचेको छ ।

बैंकको ८ लाख १५ हजार १७२ कित्ता सेयर २४ करोड ४५ लाख ५१ हजार ६०० रुपैयाँमा किनेबेच भएको छ ।

बैंकको उक्त सेयर स्याकर कम्पनी (ज्योती समूह)ले उक्त सेयर बिक्री गरेको छ । त्यो सेयर सबै कर्मचारी सञ्चयकोषले किनेको छ ।

ज्योति परिवारमा अंशबन्डा, हिमालयन बैंकको २४ करोड सेयर खरिदबिक्री

नेप्सेका अनुसार उक्त सेयर ४३ नम्बर ब्रोकरबाट बिक्री हुँदा ४० नम्बर ब्रोकरबाट खरिद भएको छ ।

ज्योति समूहले यसअघि पनि यसै गरी बैंकको संस्थापक सेयर बिक्री गरेका थियो । ज्योति समूहमा देखिएको आन्तरिक विवादको कारण आफूसँग भएको संस्थापक सेयर धमाधम बिक्री गर्न थालेका छन् । आइतबार कारोबार सुरु भएको केही समयमा नै सेयर बैंकको संस्थापक सेयर खरिद बिक्री भएको हो । नेप्सेका अनुसार त्यो सेयर प्रति कित्ता ३ सय रुपैयाँमा किनबेच भएका देखिएको छ ।

व्यावसायिक घराना ज्योति परिवारमा सम्पत्तिको लफडा, भतिजाविरुद्व रुप ज्योतिले प्रहरी गुहारे

ज्योति ग्रुपमा पछिल्लो समय दुईभाईबीच सम्पत्तिको विवादलाई लिएर निकै ठूलो विवाद छ । प्रहरी,कम्पनी रजिष्ट्रार कार्यालय हुँदै विवाद अदालतसम्म पुगेको छ ।

पद्म ज्योति र रुप ज्योतिबीच सम्पत्तिको विषयमा विवाद भएको हो । रुप ज्योति अघिल्लो वर्ष जग्गा ठगी काण्डमा समेत प्रकाउ परेका थिए ।

अहिले हिमालयन बैंकमा सबैभन्दा ठूलो सेयरधनी पाकिस्तानको हबिब बैंक हो । हबिबले सेयर बेचेर बाहिरिने निर्णय गरेपनि खरिदकर्ता पाएको छैन । त्यसपछि ठूलो सेयरधनी सरकारको लगानी रहेको कर्मचारी संचय कोष हो । संचय कोषले कानूनले मिलेसम्म हिमालयन बैंकको सेयर किन्ने जनाएको छ । संचय कोषलाई कुनैपनि बैंक तथा वित्तीय संस्थामा चुक्ता पूँजीको २५ प्रतिशतसम्म सेयर किन्ने सक्ने अधिकार छ ।


क्लिकमान्डु