एनसेल लाभकर छुटमा निर्णय भएको छैनः प्रधानमन्त्री




काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले एनसेल खरिदबिक्रीको लाभकरमा छुट दिने निर्णय नगरेको बताएको छ ।

व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले एनसेल खरिदबिक्रीमा लाभकर छुट दिएको विषयमा प्रधामन्त्रीलाई बोलाएको थियो । उनले लाभकर छुटमा निर्णय नगरेको भन्दै लाभकर क्रेताबाट नभएर बिक्रेताबाट उठाउने पहल थालेको जानकारी दिए ।

‘ एनसेलको कर बिक्रीकर्ताबाट उठाउनको लागि खरिदकर्ताले निवेदन दिएको थियो’प्रधानमन्त्री दाहालले भने,‘ यसको बारेमा मन्त्रीपरिष्दमा छलफलमा भएपनि निर्णय भएको छैन।’

प्रधानमन्त्री दाहालले कम्पनीको खरिदकर्ता र बिक्रीकर्ता दुवैलाई राखेर लाभकर तिर्ने बारेमा निर्णय गर्न लागिएको जानकारी दिए । गतवर्ष स्वीडेनको टेलियासोनेराले मलेसियाको आजियटा कम्पनीलाई एनसेललाई सेयर बिक्री गरेको थियो । लाभकर नतिर टेलियासोनेरा बाहिरिएपछि लाभकरको विवाद चलिरहेको छ ।


क्लिकमान्डु