नागरिक लगानी कोषको हकप्रद सेयर बोर्डको पाइपलाइनमा



काठमाडौं । नागरिक लगानी कोषले १ः०.८२८४ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ ।

कोषमा १०० कित्ता सेयर हुने लगानीकर्ताले अब ८२ कित्ता हकप्रद सेयर पाउने भएका छन् । अहिले कोषको हकप्रद सेयर बोर्डको पाइपलाइनमा रहेको छ ।

बोर्डले स्विकृत दिएपछि प्रति कित्ता एक सय रुपैयाँका दरले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर जारी हुने छ ।

कोषको हकप्रद सेयरमा निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिङ रहेको छ ।


क्लिकमान्डु