लघुवित्तबाट लिएको कर्जाको भुक्तानी अवधि ६ महिनासम्म बढाउन पाइने
काठमाडौं । कोरोनाका कारण प्रभावित व्यवसायले लघुवित्त वित्तीय संस्थाबाट लिएको कर्जाको साँवा र ब्याज बुझाउने समय एकपटकका लागि ६ महिनासम्मका लागि थप गर्न पाउने भएका छन् ।
प्रोत्साहित मर्जरमा नजाने लघुवित्तलाई राष्ट्र बैंकले नामै तोकेर मर्जमा जान निर्देशन दिने
मंगलबार राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको निर्देशन-२०७६ मा संशोधन/परिमार्जन थप व्यवस्था गर्दै यस्तो व्यवस्था गरेको छ ।
‘कोभिड-१९ को प्रभावको कारणले २०७७ असार मसान्तसम्म असुल हुन नसकेको किस्ताको साँवा र ब्याज रकमलाई ऋणीले सञ्चालन गरेको लघु उद्यम, पेशा, व्यवसायमा परेको प्रभाव, सुचारु हुन लाग्ने समय, ऋणीको आवश्यकता आदिको मुल्याङ्कन गरी २०७७ असोज मसान्तभित्र एक पटकको लागि बढीमा ६ महिनासम्म भुक्तानी अवधि थप गर्न सकिने छ,’ निर्देशिकामा भनिएको छ ।
लघुवित्त वित्तीय संस्थाले ३० प्रतिशतसम्म लाभांश दिन पाउने, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था
यसरी भुक्तानी अवधि थप गरिएको किस्ताको साँवा र ब्याज रकम २०७७ चैत्र मसान्तभित्र समान किस्तामा असुल उपर गर्ने व्यवस्था गर्नु पर्नेछ भने यस्तो किस्ता रकम नियमितरुपमा भुक्तानी गर्ने ऋणीबाट कुनै प्रकारको पेनाल ब्याज/ शुल्क/हर्जाना/ब्याजको ब्याज लिन पाइने छैन ।
सीएसआरमा खर्च नभएको पैसा लघुवित्त संस्थाले साउनभित्र कोरोना कोषमा जम्मा गर्नुपर्ने