डिशहोम र तुषालबीच सहकार्य: भर्चुअल प्रिभिलेज कार्डमार्फत ग्राहकले विशेष छुट पाउने

35
Shares

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र तुषाल मल्टिभेन्युबीच आफ्ना ग्राहक, कर्मचारी, डिलर तथा सेवा साझेदारहरूलाई विशेष जीवनशैली, फिटनेस र वेलनेस सुविधाहरू प्रदान गर्ने उद्देश्यका साथ एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम अन्तर्गत सुरु गरिएको यो सहकार्यले ग्राहकहरूको जीवनस्तर सुधार्न र उनीहरूलाई स्वास्थ्य तथा मनोरञ्जनका क्षेत्रमा देशव्यापी रूपमा विशेष सहुलियत प्रदान गर्ने लक्ष्य राखेको छ ।

यस साझेदारीमार्फत ग्राहक सहभागितालाई थप सुदृढ बनाउनुका साथै विभिन्न आकर्षक अफरहरूमार्फत सेवामा थप मूल्य अभिवृद्धि हुने विश्वास लिइएको छ ।

सम्झौता अनुसार डिशहोमसँग आबद्ध कर्मचारी, अधिकृत डिलर र ग्राहकहरूले तुषाल मल्टिभेन्युमा उपलब्ध विभिन्न सेवाहरूमा आकर्षक छुट प्राप्त गर्नेछन् । जसमा साउना, स्टिम र ज्याकुजी सेवामा ५० प्रतिशत, नयाँ जिम सदस्यतामा २० प्रतिशत, चयन गरिएका वेलनेस तथा मनोरञ्जन सेवामा १५ प्रतिशत र खाना तथा पेय पदार्थमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

यी सुविधाहरू प्राप्त गर्नका लागि ग्राहकले आफ्नो मोबाइलमा ‘माइ डिशहोम’ एप डाउनलोड गरी दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडीमार्फत लगइन गर्नुपर्नेछ र त्यहाँ उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड सेवा प्रदायक संस्थामा देखाउनुपर्नेछ ।

साझेदारीलाई औपचारिक रूप दिन आयोजित कार्यक्रममा तुषाल मल्टिभेन्युका आईटी हेड राजकुमार श्रेष्ठ र डिशहोमका सिनियर कर्पोरेट हस्पिटालिटी अकाउन्ट अफिसर देवराज श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

डिशहोमले आफ्ना ग्राहकको सन्तुष्टिका लागि भोजन, आतिथ्य, यात्रा र मनोरञ्जन जस्ता विभिन्न क्षेत्रका साझेदारहरूसँग सहकार्य गर्दै आएको छ। आगामी दिनमा यस नेटवर्कलाई अझ विस्तार गर्दै ग्राहकहरूलाई थप प्रिमियम अनुभव र जीवनशैली लाभहरू प्रदान गर्ने डिशहोमको योजना रहेको छ।