राष्ट्रिय बीमा कम्पनीले माग्यो विभिन्न पदमा १७ कर्मचारी, के-के चाहिन्छ योग्यता ?

0
Shares

काठमाडौँ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले १७ कर्मचारी रिक्त पदपूर्ति गर्न दरखास्त माग गरेको छ ।

कम्पनीले प्रशासन, कानुन, स्वास्थ्य, सूचना प्रविधि र कृषि क्षेत्रका विभिन्न पदहरूमा खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि आवेदन माग गरेको हो ।

प्रकाशित सूचना अनुसार कम्पनीले सह–व्यवस्थापक (तह ८), चार्टर्ड एकाउन्टेन्ट (तह ८), नायब व्यवस्थापक (तह ७), कानुन अधिकृत (तह ७), सहायक व्यवस्थापक (तह ६ र ५), स्वास्थ्य सहायक, सूचना प्रविधि सहायक, र कृषि प्राविधिक लगायतका पदमा दरखास्त आह्वान गरेको छ ।

यी पदहरूका लागि शैक्षिक योग्यता पद अनुसार फरक–फरक तोकिएको छ । अधिकृत तहका लागि सम्बन्धित विषयमा स्नातकोत्तर वा स्नातक उत्तीर्ण हुनुपर्ने र सहायक स्तरका पदका लागि स्नातक, १०+२ वा एसएलसी उत्तीर्ण हुनुपर्ने प्रावधान राखिएको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले कम्पनीको आधिकारिक वेबसाइटमार्फत अनलाइन दरखास्त दिन सक्नेछन् ।

सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र दोब्बर दस्तुर तिरी थप ७ दिनसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । दरखास्त दस्तुर तह अनुसार ५०० देखि १२०० रुपैयाँसम्म तोकिएको छ भने समावेशी समूहका लागि थप दस्तुर लाग्ने कम्पनीले जनाएको छ ।

उमेरको हदतर्फ अधिकृत स्तरका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र सहायक स्तरका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिला तथा अपाङ्गता भएका उम्मेदवारहरूको हकमा भने माथिल्लो उमेरको हद ४० वर्षसम्म कायम गरिएको छ ।