पहिलो दिनमा नै लगभग बिक्यो एनआईसी एशिया लघुवित्तको आइपीओ



काठमाडौं । एनआईसी एशिया लघुवित्तको सार्वजनिक निष्कासन(आाइपीओ) पहिलो दिनमा नै लगभग बिकेको छ ।

निष्कासन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटलका अनुसार निष्कासनको पहिलो दिन बुधबार ४४ लाख ४३ हजार २०० कित्ता आवेदनको परेको छ । यो भनेको ४४ करोड ५० लाख रुपैयाँ हो ।

४७ करोड ५५ लाख रुपैयाँको ४७ लाख ५५ हजार कित्ता साधारण सेयर खुला गरेको छ । प्रति कित्ता एक सय रुपैयाँका दरले साधारण सेयर बिक्री खुला गरेको हो ।

एनआइसी एसिया लघुवित्तको आईपीओ खुला, कति दिने आवेदन ?

आइपीओमा न्यूनतम १० देखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन दिनको लागि असार १० देखि १४ गतेसम्म आवेदन दिन सक्नेछ । यो अवधिमा माग बमोजिम आवेदन नपरेको खण्डमा असार २४ गतेसम्म बिक्री खुला हुनेछ ।


क्लिकमान्डु