कोरोना संक्रमित अमृतको कहर: डाक्टर चेक गर्नै आउँदैनन्, ज्वरो, प्रेसर र पल्स आफैं नाप्नुस् भन्छन्
काठमाडाैं । म ३४ वर्षे अमृत शाही । गत चैत १० गते सेती अञ्चल अस्पतालको आइसोलसनमा बसेर उपचार गरिरहेको छु । कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि यहाँ भर्ना भएको हुँ ।
यो आइसोलेशन कस्तो हुन्छ, के के राखेपछि त्यो वार्डलाई आइसोलेसन भन्छन् ? र, आइसोलेसनमा हुने बिरामीलाई कस्तो प्रकारको औषधी उपचार र सेवा सुविधा हुन्छ थाहा छैन् ।
आजभन्दा अगाडि आइसोलेनसमा नबसेको भए पनि सामान्यतया अस्पताल कस्तो हुन्छ । र, अस्पतालका सेवा सुविधा, डाक्टर नर्सहरुले दिने सेवा कस्तो हुन्छ त्यो भने अनुभव गरेको छु ।
कोरोना संक्रमित ६५ वर्षे आमा भन्छिन्- एयरपोर्टमा जाँच भएन, नातीले अंगालो हाल्यो
नेपालमा कोरोना भाइसरको संक्रमितको संख्या ९ पुगिसक्यो भन्छन् । पहिलो संक्रमित १५/१६ दिनमा नै निको भएर घर फकिएको रे भनेर सुनेको थिए । अहिले नेपालमा उपचार गराइरहेका बिरामी ८ जनामध्ये सेती अञ्चल अस्पतालमा नै ४ जना छौँ ।
दुबईमा कोरोनासँग लडिरहेका अरबिन्दको कहरः निको भएर नेपाल फर्किन्छु, तागतिलो खान पाए निको हुन्थेँ
आइसोलेशन भनेर हामीलाई ३ दिनयता अस्पतालले ठूलो ठूलो ४ वटा हल भएको फ्लाट राखेको छ । एउटा हालमा ६ वटा बेड छ । यो फ्लाटमा २४ वटा बेड भएतापनि ३ वटा ट्वाइलेट छ । त्यो पनि महिला पुरुषका लागि भनेर छुट्टाछुट्टै छैन् । अस्ती ३ दिनअघि एक्कै पटक ३ जना नयाँ कोरोना भाइरसको बिरामी भर्ना भएका छन् ।
दोस्रो पटकको पनि थ्रेड स्वाबको रिपोर्ट पोजेटिभ आयो । रिपोर्ट पोजेटिभ आएको आज ३ दिन भयो । त्यो दिनदेखि मलाई चेकजाँच गर्न कोही आएका छैनन् । डाक्टर नर्सहरु फोन गरेर कस्तो छ ? केही भयो भने फोन गर्नु होला भन्छन् । तर यहाँ भने आउँदैनन् ।
जसमध्ये एक महिला हुनुहुन्छ र उहाँ मेरो आफ्नै भाउजु हो । हामी सबै जना एउटै ट्वाइलेट प्रयोग गछौँ । खानेपानी राखिएका भाँडा पनि साझा नै छ । तातोपानीको लागि मलाई घरबाट नै इलेक्ट्रिक भाडा पठाइदिनु भएको छ । यहाँबाट तातोपानीको व्यवस्था नभएकाले नयाँ किनेर पठाइदिएका हुन् ।
अस्पतालले मलाई पहिला क्षयरोग उपचारकर्मीहरुको अफिस खाली गरेर राखेको थियो । त्यहाँ बस्दा अस्पलातमा बसेको भन्दा होम क्वारेन्टाइनमा बसेको जस्तो महशुस हुन्थ्यो । अरु कोरोना भाइरसको बिरामी भर्ना गरेपछि मलाई पनि उनीहरुसँगै ल्याएर राखेका छन् । यो वार्ड पनि पहिले प्रसुती वार्ड रहेछ । पछि हामीलाई राख्न खाली गरिएको हो ।
धेरै प्रश्नको जवाफ ती डाक्टर नर्सहरुसँग माग्न मन लाग्छ । तर धेरै प्रस्न गर्दा आफ्नै स्वास्थ्य झन जोखिममा पर्ने हो कि भनेर डर लाग्छ ।
कोरोना भाइसरको उपचार के हो ? त्यो मलाई थाहा भएन । तर पहिलो संक्रमित कसैले थाहा नै नपाइ चाँडै निको रे भन्ने सुनेको थिए । त्यस कारण मलाई कोरोना भाइसरको संक्रमण भयो भनेर थाहा हुँदा पनि यो निको हुने नै रोग हो १५/२० दिनमा ठीक हुन्छ भन्ने भान थियो ।
मनमा भाइरस संक्रमित हुनुको पीडा त थियो । तर अस्पताल बसाइका शुरुको दिनहरुमा भन्दा हिजो आज म धेरै अतालिएको छ । शारीरिकभन्दा मानसिक तनाब धेरै छ । मुटुको धड्कनको चल पहिलेको भन्दा धेरै छिनछिन बढ्ने घढ्ने हुन्छ ।
मलाई नेपालमा पहिलो कोरोना संक्रमित को रहेछ ? कसरी निको भए ? कस्तो प्रकारको औषधि उपचार गरेको थियो ? मानसिक तनाव कसरी कम गर्थे ? सबै सोधपुछ गर्न मन लागेको छ । उनको कोरोनासँगकाे लडाइकाे संघर्ष थाहा पाउन पाए हामीलाई पनि केही हिम्मत आउने थियो होला ।
खाना, खाजा औषधि वा अरु जे सामान हामीलाई दिनुपर्ने हो एउटा सानो झ्याल जस्तो प्वाल छ, त्यहीबाट दिन्छन् । कसले दियो ? दिइएको खाने कुरा हामीलाई आवश्यक छ छैन ? त्यतिले पुग्छ पुग्दैन् केही वास्ता हुदैन ।
मेरो दोस्रो पटकको पनि थ्रेड स्वाबको रिपोर्ट पोजेटिभ आयो । रिपोर्ट पोजेटिभ आएको आज ३ दिन भयो । त्यो दिनदेखि मलाई चेकजाँच गर्न कोही आएका छैनन् । डाक्टर नर्सहरु फोन गरेर कस्तो छ ? केही भयो भने फोन गर्नु होला भन्छन् । तर यहाँ भने आउँदैनन् ।
उनीहरुले ज्वरो, पेसर र पल्स चेक गर्ने मेसिनहरु यहाँ नै छोडेर गएका छन् । बिहान बेलुका उनीहरु फोन गरेर सबै आफै नाप्नुस् भन्छन् । जानी नजानी आफै चेक गर्छु र उनीहरुलाई फोनबाटै रिपोर्टिङ गर्छु ।
दोस्रो पटकको थ्रेड स्वावको रिपोर्ट नआउन्जेलसम्म ३ जना डक्टर र केही नर्सहरु पालैपालो चेक जाँच गर्न आउने गर्थे । तर दोस्रो रिपोर्ट पोजेटिभ आएपछि प्रत्यक्ष उनीहरुको आवाज पनि सुनेको छैन् ।
मलाई पहिलेबाट नै खोकी लागेको थियो । आजसम्म पनि निको भएको छैन् । अस्पतालमा भर्ना हुँदाको समयमा जति स्वास्थ्य परीक्षण भएको थियो त्यति नै हो । आजसम्म एकपटक खकार परीक्षणको लागि नमूना लगियो त्यति मात्र ।
बिगत १३/१४ दिनदेखि डाक्टरले दिएको केही औषधि सेवन गरिरहेको छु । ती औषधीहरु कुन रोगका लागि हुन् मलाई थाहा छैन । उनीहरुले फोन गरेर नै औषधिको नाम भनेर खानुस् भन्छन् । त्यही अनुसार खाने गरेको छु । तर आफूमा कुनै पनि परिवर्तन भने पाएको छैन् ।
परिवारको २ जना कोरोना संक्रमण भएर यहि अस्पताल भर्ना भएका छौँ । कहिले निको हुन्छ थाहा छैन । आफूले आफैलाई सम्झाउछु । साथै फोन गरेर घरका सबैलाई सम्झाउने गर्छु । सबैभन्दा बढी श्रीमती र छोरीको यादले सताउँछ ।
खोकी आज पनि उस्तै छ । औषधी खाएर त निको हुनुपर्ने हो तर भएको छैन् । डाक्टरको औषधीले नभएर आफै घरायसी औषधिहरु ज्वानो, हल्दी पानी र गुर्जु खाइरहेको छु । डाक्टरको औषधि खाएको बेलामा घरायसी औषधि खानु हुन्छ हुँदैन थाहा छैन् । डाक्टरहरुले पनि नखानु भनेका छैनन् ।
कोरोना लागेको बिरामीलाई त विषेश आइसोलेसनमा राखेर उपचार गरिन्छ भनेको सुनेको थिए । बिषेश आइसोलेसन भन्या यस्तै हो ? औषधी उपचार आफै गर्ने हो भने त हामी किन अस्पतालमा भर्ना भएर कैदीको जस्तो जीवन कटाउने ?
घरमा नै आइसोलेट भएर बस्दा पनि हुन्थ्यो होला ? कि सरकारले नै तिमीहरुलाई कोरोना सर्छ उनीहरुको छेउमा नजानु भनेको छ ?
यस्ता धेरै प्रश्नको जवाफ ती डाक्टर नर्सहरुसँग माग्न मन लाग्छ । तर धेरै प्रस्न गर्दा आफ्नै स्वास्थ्य झन जोखिममा पर्ने हो कि भनेर डर लाग्छ । हामी त कोरोना संक्रमित भोलि अरु नै केही कारणले गर्दा मृत्यु भयो भने पनि सबैले यही भाइरसको कारणले मृत्यु भयो भन्ने होलान् । त्यसमा छानबिन पनि के होला र ?
त्यसैले पनि उनीहरुलाई आजसम्म केही भन्न सकिएको छैन् ।
खाना, खाजा औषधि वा अरु जे सामान हामीलाई दिनुपर्ने हो एउटा सानो झ्याल जस्तो प्वाल छ, त्यहीबाट दिन्छन् । कसले दियो ? दिइएको खाने कुरा हामीलाई आवश्यक छ छैन ? त्यतिले पुग्छ पुग्दैन् केही वास्ता हुदैन ।
चैत ७ गते दुबइबाट नेपाल आएपनि त्यो दिन काठमाडौं साथीकोमा गएर बसे । भोलिपल्ट काठमाडौंबाट नेपालगञ्जसम्म प्लेनमा र त्यहाँबाट धनगढीसम्म बसमा नै आएको हो । घर पुगेको २ दिनपछि मलाई ज्वरो आयो । श्रीमतीले नै पानीपट्टी गरिदिएकी थिइन । उनीसँगै म अस्पतालसम्म जाँच गराउन आएको हो ।
स्वास्थ्यकर्मीलाई हामीबाट संक्रमणको जोखिम छ । त्यो हामीले पनि बुझेका छौँ । तर ती स्वास्थ्यकर्मी त स्वास्थ्य सुरक्षाका उपयाहरु अपनाएर नै भएपनि बिरामीलाई सेवा गर्छु भनेर स्वास्थ्य सेवाको क्षेत्रमा लागेका होइनन् र ?
अहिले आफैलाई यो संसार नै आफ्नो होइन जस्तो महशुस हुन्छ । ३ दिन भयो बिरामीदेखिबाहेक अस्पतालका कोही कसैलाई देखेको छैन । अस्पतालमा उपचार गराउँदा लागेको रोग निको हुनुपर्ने हो । तर मेरो खोकी आजसम्म पनि निको भएको छैन् । म त पूरै डिप्रेसनमा नै गएको छु जस्तो लाग्छ । मनमा एक किसिमको डर लागिरहेका हुन्छ ।
हामीलाई लागेको रोग केहो ? कस्तो प्रकारको रोग हो ? खान हुने नहुने, गर्न हुने नहुने के हुन् त्यो पनि अस्पतालका कसैले हामीलाई भन्दैनन् । जति बाहिरबाट वा आफैलाई थाहा भयो त्यति नै हो ।
सुनेको थिए, यो रोगको औषधि भनेको नै रोग प्रतिरोधात्मक क्षमता बढाउनु हो । रोग प्रतिरोधात्मक क्षमता बढाउने तरिका स्वास्थ्यकर खानेकुरा सहित स्वास्थ्य मानसिकता पनि हो भनेर सुनेको थिए । तर यहाँ हुने सबै बिरामीलाई कोरोना भाइसरका रोगी भन्दापनि मानसिक रोगका शिकार भइरहेका छन् ।
सरसफाइ गर्ने मान्छेसम्म कोही आउँदैनन् । ट्वाइलेट, रुम आफै सफा गरे मात्र हो । फोहोरको डसबिनसम्म कतिदिनदेखि उठाएका छैनन् । यसरी त हाम्रो स्वास्थ्य सुधार हुनुभन्दा क्रमिकरुपले झन बिग्रिदै जान्छ ।
यो अवस्थाका बिरामीहरुलाई त मनोपरामर्श दिने डाक्टर आवश्यकता पर्ने हो तर यहाँ सावन्तना दिन सम्झाउन समेत अस्पतालका केही तयार छैनन् र आजसम्म दिएका नि छैनन ।
हामीलाई आइसोलेसनमा कोरोना भाइरसबाट बाहिर निकाल्नका लागि राखिएको हो कि मानसिक रोगी बनाउन ?
सरसफाइ गर्ने मान्छेसम्म कोही आउँदैनन् । ट्वाइलेट, रुम आफै सफा गरे मात्र हो । फोहोरको डसबिनसम्म कतिदिनदेखि उठाएका छैनन् । यसरी त हाम्रो स्वास्थ्य सुधार हुनुभन्दा क्रमिकरुपले झन बिग्रिदै जान्छ ।
अस्पतालले बेवास्ता गर्न थालेपनि मन एक्कासी आतिने भोलि के होला भन्ने डर लाग्ने र परिवारको यादले धेरै सताउँछ । साथीभाई, परिवार र आफ्न्तहरुसँग सामाजिक सञ्जाल मार्फत बोल्न र अन्य इन्टरनेटहरु चलाउन पनि यहाँ त्यति राम्रो नेटको सुविधा छैन । मोबाइलमा पैसा खर्च गर्न रिचार्ज किन्न जान असम्भव छ । त्यसकारणले गर्दापनि मेरो छटपटी बढ्छ । मन बहलाउने त केही हुनुपर्ने हो, केही छैन।
मेरो परिवारमा आमा बुबा, दाजु भाउजु उनीहरुको एक छोरा एक छोरी र मेरी श्रीमती र ५ वर्षिया छोरी छन् । उनीहरुसँग दिनमा ३/४ पटक फोन गरेर बोल्छु ।
भाउजुलाई मेरो कारणले गर्दा कोरोना भाइरसको संक्रमण भएछ । मेरो कारणले गर्दा भाउजुलाई संक्रमण भएको थाहा पाउदा धेरै नराम्रो लाग्यो । आफ्नो कारणले गर्दा अरुलाई दुःख भयो भनेर । तर मलाई श्रीमती र छोरीलाई पनि संक्रमण भयो होला भन्ने लागेको थियो । उनीहरुको रिपोर्ट भने नेगेटिभ आएर भाउजुको पोजेटिभ आएछ । सुनेर छक्क परे ।
यहाँ मसँगै आइसोलेसनमा बस्ने ४ जना कसैलाई पनि शारीरिक अस्वस्थ्यता भने छैन । तर मानसिक रोगका शिकार भने हामी हुँदै गएका छौँ । यदी समयमा नै हाम्रो स्वास्थ्यको ख्याल नगरिने हो भने हाम्रो स्वास्थ्य स्थीति बिग्रिन्छ ।
घरमा बिरामी हुँदा पनि श्रीमती सधै साथमा नै हुन्थिन । भाउजु त खान बनाएर दिँदा मात्रसँगै हुनुहुन्थ्यो । सायद खोक्दा कतै खानामा कोरोनाको जिवाणु परेको हुनसक्छ । श्रीमती, छोरी, दाजुको छोरा छोरी र आमा बुबालाई संक्रमण नभएको कुरा आज पनि अचम्म लाग्छ ।
परिवारको २ जना कोरोना संक्रमण भएर यहि अस्पताल भर्ना भएका छौँ । कहिले निको हुन्छ थाहा छैन । आफूले आफैलाई सम्झाउछु । साथै फोन गरेर घरका सबैलाई सम्झाउने गर्छु । सबैभन्दा बढी श्रीमती र छोरीको यादले सताउँछ ।
छोरी फोनमा त्यति बोल्न मान्दिनन् । सायद धेरै देश बाहिर नै भएर होला । मसँग बाेल्न लजाउछिन । सानै भए पनि भगवानलाई मेरो बाबा र ठूलो मामुलाइ चाडै निको बनाइदिनु भनेर घण्टौ प्रार्थना गर्छिन रे । सुन्दा मन भरिएर आउँछ ।
विगत ५ वर्ष अगाडिदेखि वैदेशिक रोजगारीको शिलसिलामा दुवइ पुगेको थिए । त्यहाँ हुदाँ स्टोरको काउण्टरमा काम गर्थे । कोरोना संक्रमण त्यहाँ बढेपछि कम्पनी सबै बन्द भयो । त्यसैले कम्पनीले मलाई घर पठाएको हो ।
गत चैत ७ गते दुबईबाट दिल्ली एयरपोर्ट हुँदै काठमाडौं दिउँसो ४ः३० मा आइपुगेको थिए । दुबईमा हुँदा मलाई कोरोनाको केही लक्षण देखिएको थिएन् । दिल्ली एयरपोर्टमा ६ घण्टाको ट्रान्जिट थियो । मसँगै आउने एक जना साथी र मैले त्यहाँ केही खाने कुरा खाएका थियौँ ।
त्यहाँ हुँदाबाटै मलाई सामान्य खोकी लागेको थियो । जहाँसम्म लाग्छ । मलाई त्यही संक्रमण भएको थियो होला । यदी दुबईमा नै मलाई कोरोना लागेको हुन्थ्यो भने हामी उता रुममा ६ जना बस्थिम । उनीहरु सकैको रिपोर्ट नेगेटिभ आयो रे । अनि मसँगै आउने साथीलाई पनि लागेको छैन रे ।
चैत ७ गते दुबइबाट नेपाल आएपनि त्यो दिन काठमाडौं साथीकोमा गएर बसे । भोलिपल्ट काठमाडौंबाट नेपालगञ्जसम्म प्लेनमा र त्यहाँबाट धनगढीसम्म बसमा नै आएको हो । धनगढी बसपार्कबाट ५ किलोमिटरभित्र मेरो घर छ । घर पुगेको २ दिनपछि मलाई ज्वरो आयो । श्रीमतीले नै पानीपट्टी गरिदिएकी थिइन । उनीसँगै म अस्पतालसम्म जाँच गराउन आएको हो ।
अस्पतालले विदेशबाट आएको भनेपनि सबै जाँच गरेर रिपोर्ट नै नआइ भर्ना गरेको हो । त्यो दिनदेखि म अस्पतालमा नै छु । ज्वरोपनि मलाई त्यही दिन १ घण्टा जति आएको थियो । आजसम्म एकपटक ज्वरो आएको छैन् । सामान्य खोकी मात्र हो । तर त्यो भने बिसेक भएको छैन् ।
यहाँ मसँगै आइसोलेसनमा बस्ने ४ जना कसैलाई पनि शारीरिक अस्वस्थ्यता भने छैन । तर मानसिक रोगका शिकार भने हामी हुँदै गएका छौँ । यदी समयमा नै हाम्रो स्वास्थ्यको ख्याल नगरिने हो भने हाम्रो स्वास्थ्य स्थीति बिग्रिन्छ ।
प्रस्तुतीः दिलु कार्की