अमेरिकी खाद्य बजारमा कोरोना असरः उपभोक्ता लाइनमा, अत्यावश्यक सामग्री किन्ने सीमा तोकियो



बाल्टिमोर । संसारभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कारण अमेरिकाको समेत उपभोक्ता बजारमा उच्च असर देखिन थालेको छ । मंगलबारसाँझसम्म अमेरिकको ३८ राज्यमा कोरोनाको संक्रमण पुष्टी भएको छ भने ३१ जनाको निधन भएको छ ।

तीब्र गतिमा कोरोना भाइरसको विस्तारभएसागै यतिबेला निरास मुद्रामा अमेरिकी नागरिक खाद्य तथा अत्यावश्यक साम्रागीको जोहो गरिरहेका छन् । तर अधिकांश सुपरमार्केटमा खाद्य साम्रागीको अभाव देखिन थालेपछि थप अन्यौलता पैदा भएको छ ।

मंगलबार खाद्य सामाग्रीको लागि स्थानीय बजार पुग्दा प्रायजसो ठूला तथा खुल्ला व्यापारीक स्थलहरुमा दैनिक अत्यावश्यक उपभोग्य सामाग्रीहरुमा प्रति ग्राहक सीमा निर्धारण गरेर विक्री वितरण गरिएको पाईएको छ ।

अमेरिकामा प्रायजसो फ्रेन्चाईसी (चेन) शाखाहरु खोलेका वालमार्ट, कस्टको, सेफवेय, साम क्लब लगायतका स्टोरहरुमा ग्राहकको भिड लाग्दा आपूर्ति तथा व्यवस्थापन सहजको लागि प्रत्येक स्टोरहरूले प्रति ग्राहक सीमीत परिणाममा मात्र सामग्री खरिद गर्न पाउने व्यवस्था गरेका छन ।

घरको स्टकमा राख्न खरिदकालागि आउनेहरूको घुइचोको व्यवस्थापनको लागि खानेपानी, चामल, ट्वाईलेट पेपर, चिनी, तेलजस्ता सामाग्रीमा प्रतिग्राहक सीमा निर्धारण गरिएको छ । चेन स्टोर भएको कारण संक्रमित फैलिएको क्षेत्रमा सामान नियम लागु हुने बताईएको छ ।

यस अगाडि कस्टकोले ठूलो परिमाणमा सामाग्री उपलव्ध गराउदै आएको थियो । हाल केही स्टोरहरुमा चिकेन, चामल, पिठो, पानी, पेपर टावल, ट्वाइलेट पेपर लगायतका सामाग्रीहरु समेत सकिएको छ भने विश्वव्यापी रुपमा भाइरसको प्रकोपको कारण आपूर्ति व्यवस्थामा समेत असर देखिएको छ ।

उपभोक्ता आत्तिएको कारण सन्तुलनमा समस्या देखिएको छ । तर अहिले नै यसरी संकट नै आइसकेको भन्न सक्ने अवस्था छैन।

उपभोक्ता अधिकार विश्लेषक न्युओर्क युनिभर्सिटीका प्रोफेसर एलेन एडमसनले वासिंटन पोष्टलाई भने उपभोक्ता नर्भस हुँदा खाद्य बजारमा यस्तो अवस्था आउनु असामान्य होइन ‘यता सरकारी निकायले भने आत्तिहाल्नु पर्ने अवस्था नआएको भन्दै धैर्य गर्न आग्रह गरेको छ ।

यहाँको वाणिज्य विभागले अहिलेको अवस्थालाई नजिकबाट हेरिरहेको बताउँदै आवश्यकता अनुसारको नीति तर्जुमा गर्ने बताएको छ । यद्यपी कोरोनाकै कारण खाद्यान्न अभाव तथा खाद्य संकटको कुनै संभावना नभएको विभागले स्पष्ट पारेको छ ।

३८ राज्यमा फैलियो कोरोना

यसैबीच अमेरिकामा समेत तिब्र रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण हुने राज्य ३८ पुगेको छ । कुन ५१ राज्यमध्ये अधिकांश राज्यमा कोरोनाको संक्रमण देखिएपछि अमेरिकाभर उच्च सर्तकता अपनाईएको छ ।

अमेरिकाको स्वास्थ्य विभागको अनुसार मंगलबार अबेरसम्म कोरोनाको कारण ३१ जनाको निधन भएको छ भने १ हजार जना संक्रमित भेटिएको छ । अमेरिकाको रोग नियान्त्रण महाशाखाको अनुसार ४९ जना विदेश भ्रमणबाट आएका विरामीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने ३ जना कोरोनाको उद्यमस्थल चीनको वुहानबाट फर्किएका रहेका छन् ।

निधनभएका मध्ये २४ जना वासिंटन राज्यका रहेका छन् भने दुई जना फ्लोरिडा राज्यका रहेका छन । त्यस्तै क्यालिफोर्निमा ३, न्यूजर्सी र साउथ देकोटा राज्यमा एक/एक जनाको निधन भएको छ ।

कोरोनाको संक्रमण दिनानुदिन बढ्दै गएपछि अमेरिकाका केही स्कुलहरु बन्द गरिएको छ भने धेरै प्रभावित राज्यहरुमा संकटकाल लगाईएको छ । कोरोनाको उपचारको लागि भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ८ दशमलव ३ विलियनको केन्द्रीय सहयोग कोषमा हस्ताक्षर गरेका छन ।

कुन कुन राज्यमा कति बिरामी भेटिए ?

  1. Arizona:6 cases
  2. California:116 cases, 3 deaths
  3. Colorado:17 cases
  4. Connecticut:2 cases
  5. District of Columbia:4 cases
  6. Florida: 15 cases, 2 deaths
  7. Georgia: 17 cases
  8. Hawaii:2 cases
  9. Illinois:19 cases
  10. Indiana:6 cases
  11. Iowa:13 cases
  12. Kansas: 2 cases
  13. Kentucky:8 cases
  14. Louisiana: 3 case
  15. Maryland:9 cases
  16. Massachusetts: 92 cases
  17. Minnesota:3 cases
  18. Missouri:1 case
  19. Nebraska: 3 cases
  20. Nevada: 4 cases
  21. New Hampshire:5 cases
  22. New Jersey: 15 cases, 1 death
  23. New York: 173 cases
  24. North Carolina:7 cases
  25. Ohio: 3 cases
  26. Oklahoma: 2 cases
  27. Oregon:15 cases
  28. Pennsylvania: 11 cases
  29. Rhode Island:5 cases
  30. South Carolina:9 cases
  31. South Dakota: 5 cases, 1 death
  32. Tennessee:7 cases
  33. Texas: 19 cases
  34. Utah: 2 cases
  35. Vermont:1 case
  36. Virginia:8 cases
  37. Washington state:273 cases, 24 deaths
  38. Wisconsin:3 cases


पुष्प दुलाल