सेयरमा बैंकहरुको लगानी साढे ६९ प्रतिशतले बढ्यो, कस्को कति ? (सूचिसहित)



काठमाडौं । वाणिज्य बैंकहरुले सेयर बजारमा गरेको लगानी क्रमैसँग बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा बैंकहरुको सेयर बजारमा १३ अर्ब ७३ करोड ९ लाख ८८ हजार ६९५ रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा ८ अर्ब ९ करोड ९० लाख ९१ हजार ७४२ रुपैयाँ रहेको थियो । एक वर्षको अवधिमा बैंकहरुको सेयरमा लगानी ६९.५३ प्रतिशते बढेको छ ।

यस्तै समग्रमा हेर्दा बैंकहरु गरेको लगानीको बजार मूल्य पनि ४५.५४ प्रतिशतले बढेको छ ।

सूचिकृत वाणिज्य बैंकमध्ये २३ बैंकको रिपोर्टअनुसार आर्थिक वर्ष २०७५/०७६ मा बैंकहरुले सेयर बजारमा गरेको लगानीको बजार मूल्य २१ अर्ब ७४ करोड ४४ लाख १८ हजार ६२४ रुपैयाँ रहेको छ । आव २०७४/०७५ मा बजार मूल्य १४ अर्ब ९४ करोड ४ लाख २० हजार ७७ रुपैयाँ थियो ।

आव २०७५/०७६ मा बैंकहरुको सेयरमा लगानी १३ अर्ब ७३ करोड ९ लाख ८८ हजार ६९५ रुपैयाँ रहेकोमा त्यो लगानीको बजार मूल्य २१ अर्ब ७४ करोड ४४ लाख १८ हजार ६२४ रुपैयाँ पुगेको छ । यो तथ्याङक हेर्दा बैंकहरुले सेयरमा गरेको लगानी बजार मूल्य अनुसार फाइदै छ ।

आर्थिक वर्ष २०७४/०७५ मा पनि बैंकहरुको लागत मूल्यभन्दा बजार मूल्य निकै नै बढी थियो । लागत मूल्य ८ अर्ब ९ करोड ९० लाख ९१ हजार ७४२ रुपैयाँ रहेकोमा त्यसको बजार मूल्यमा निकै सुधार देखिएर १४ अर्ब ९४ करोड ४ लाख २० हजार ७७ रुपैयाँ रहेको छ ।

समग्रमा बैंकहरुले गरेको लगानीमा बजार मूल्य बढेको देखिए पनि केही बैंकहरुले सेयर बजारमा लगाएको लागत र त्यसको बजार मूल्यमा निकै कम देखिएको छ ।

सिटिजन्स बैंकको अघिल्लो आवको सेयरमा गरेको लगानी भन्दा त्यसको बजार मूल्य कम देखिएको छ । यो क्रम गत आवमा पनि दोहोरिएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा बैंकले विभिन्न कम्पनीको सेयरमा ७ करोड ८० लाख ५७ हजार ५५७ रुपैयाँ लगानी गरेको थियो । तर त्यसको बजार मूल्य ६ करोड ३० लाख ६८ हजार ५९५ रुपैयाँ रहेको छ ।

यस्तै सिभिल बैंकले पनि सूचिकृत कम्पनीमा गरेको लगानी भन्दा त्यसको बजार मूल्य घटेको छ । गत आव र अघिल्लो आवमा नै बैंकको लगानीभन्दा बजार मूल्यमा गिरावट आएको हो ।

यता एनएमबी बैंकको पनि दुवै आर्थिक वर्षमा लागत मूल्य भन्दा बजार मूल्य कम रहेको छ भने प्राइम बैंकको पनि दुवै आर्थिक वर्षमा लागत भन्दा बजार मूल्य कम रहेको छ ।

यस्तै ग्लोबल आईएमई बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक र मेगा बैंकको पनि लागत मूल्य भन्दा बजार मूल्य निकै कम रहेको छ ।

सबै बैंकहरुले सूचिकृत कम्पनीमा बैंकबाट लगानी गरेको भए पनि ग्लोबल आईएमई बैंकले भने समूहबाट लगानी गरेको जनाएको छ ।


पुष्प दुलाल