फ्रान्स पठाईदिन्छु भन्दै साढे ३८ लाख ठग्ने महिला पक्राउ
काठमाडौं । फ्रान्स पठाईदिन्छु भन्दी ३८ लाख ५० हजार रुपैयाँ ठगी गर्ने पुर्णिमा श्रीषलाई प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देही जिल्ला दुधराक्ष गाविस वडा-५ हाल काठमाडौंको तारकेश्वर नगरपालिका- १९ बासुकिनाग मार्ग मनमैजु बस्ने ४३ की पुर्णिमा श्रीषलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
श्रीषले वैदेशिक रोजगारको सिलसिलामा फ्रान्समा (प्याकिङ फुड) कामको लागि आकर्षक तलव हुन्छ विभिन्न मितिमा ३ जनाबाट ३८ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्क विहीन भएको प्रहरीको भनाई छ ।
श्रीष पैसा लिएर सम्पर्क विहीन भएपछि शिर बहादुर थापा समेतले माघ २८ गते दिएको जाहेरीका आधारमा खोज तलास गर्दा मनमैजुमा फेला पारी पक्राउ गरि आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ ।