शहरमा बाइक स्कुटर चोरको बिगबिगी, ट्राफिक प्रहरी भन्छ- यसरी अपनाउनु होस् सावधानी
काठमाडौं । पछिल्लो समय नेपालमा सहरी क्षेत्रहरुमा मोटरसाइकल र स्कुटर चोरीका घटनाहरु बढ्दो छ । प्रायः दिनहुँ ३/४ वटा मोटरसाइकर र स्कुटर चोरी भएको घटनाको रिपोर्ट प्रहरी कार्यलयमा आउने गरेको ट्रफिक प्रहरी महाशाखाले जनाएको छ ।
चालू आर्थिक वर्षमा ४ सय भन्दा बढी चोरीको निवेदन ट्रफिककोमा परेको छ भने गत मंसिर १९ गतेसम्म प्रहरीले १ सय ७७ वटा चोरीका मोटरसाइकल र स्कुटर फेला पारेको छ । जसमा प्रहरीले चोरीमा संलग्न २९ जना चोरीलाई पनि प्रक्राउ गरि कारर्वाही गरिसकेको जनाएको छ । आइबार मात्रै चोरीका २१ वटा वाइक तथा स्कुटर प्रहरीले सवारीधनीलाई बुझाएको छ ।
चोरको नजरमा पल्सर र होन्डा
मोटरसाइकर र स्कुटर चोर्नेले सस्तोभन्दा महंगो र ब्राण्डेड मोटरसाइकल र स्कुटर चोर्ने गरेको प्रहरीले जनाएको छ । पछिल्लो समय चोरी भएर पक्रिएका अधिकांश मोटरसाइकल र स्कुटर बजाजको पल्सर, होण्डाका मोटरसाइकर र स्कुटरहरु र केटीएम डुक प्रहरीले पक्राउ गरेर सवारी धनीलाई बुझाएको छ ।
‘सवारीसाधनमा डिस्क लक, ह्विल लक, सेक्युरिटी साइरन प्रयोग गर्नुपर्छ’ उनले भने ‘प्रविधि जडान गरेको छ भने चोरलाई चोरी गर्न समय लाग्छ र प्रक्राउ पर्ने सम्भावना बढी हुने हुँदा यस्ता मोटरसाइकर र स्कुटर उनीहरुले चाँर्ड चोरी हाल्न आट्दैनन् ।’
बजाजको पल्सर सबैभन्दा बढी चोरी मोटरसाइकल भएको महाशाखाका साहयक प्रहरी निरिक्षक रमेश बजगाँईले बताए ।
‘चोरले सबैभन्दा बढी डिमाण्ड र महंगो मोटरसाइकल र स्कुटर चोर्छन्,’ बजगाईंले क्लिकमाण्डूसँग भने ‘बजाजको २२० सीसीको बाइक सबैभन्दा बढी चोरीमा समातिएका छन् ।’
जुन सवारीको समान सहजै पाइने र अफ रोडमा चलाउन सकिन्छ त्यस्ता सवारीको माग ग्रामिण भेगमा बढी हुने हुदाँ यी मोटरसाइकल बढी चोरी हुने उनले बताए ।
मोटरसाइकर र स्कुटर चोरी केही गिरोहको रुपमा र केही फाट्टफुटे चोरहरु रहेको प्रहरीले जनाएको छ । अदालतले मोटरसाइकल र स्कुटर चोरीमा प्रक्राउ परेको व्यक्तिलाई ७ वर्ष जेल सजाय र सवारीको मुल्य अनुसार जरिवाना तिराउने गरेको छ ।
२/३ लाख रुपैयाँको सवारी किनेर २/३ हजारको आधुनिक प्रविधिका सेक्युरिटी मेसिन जडान गर्नु लोभ गर्नु हुदैन ।
प्रहरीले एक पटक समातिसकेको चोरलाई नै पटक पटक मोटरसाइकर र स्कुटर चोरीका घटनामा नै पक्रिएको ट्राफिक प्रहरी साहयक प्रहरी निरिक्षक बजगाँईले बताए ।
‘चोरलाई पटकेको रुपमा प्रहरीले धेरै पक्रिएको छ,’ उनले क्लिकमाण्डूसँग भने ‘आवश्यक कारवाहीको लागि पठायो, केही धरौटीमा पनि छुट्छन् र त्यही चोर फेरी पक्राउ पर्छ ।’ त्यस्ता चोरले मोटरसाइकल र स्कुटर चोरीको व्यवसाय नै चलाएर बस्ने उनको भनाई छ ।
कहाँ जान्छन् चोरीका मोटरसाइकल र स्कुटर
सहरी क्षेत्र वा व्यस्त क्षेत्रबाट महंगो मोटरसाइकल र स्कुटर चोरेर ग्रामिण भेगमा लगेर चोरले सस्तोमा बेच्ने प्रहरीले पत्ता लगाएको छ । प्रहरीको चेकजाँच न्युन हुने वा नहुने क्षेत्रमा चोरले ३/४ लाख रुपैयाँ पर्ने सहरी क्षेत्र वा व्यस्त क्षेत्रबाट मोटरसाइकर र स्कुटरलाई ३०/४० हजार रुपैयाँमा बेच्ने गरेको साहयक प्रहरी निरिक्षक रमेश बजगाँईले बताए ।
एकै स्थानमा लामो समयसम्म पार्किङ भएका मोटरसाइकल र स्कुटरमा वरपरका मानिसहरुको ध्यान त्यति नहुने र चोर्नलाई सहज हुने हुँदा लामो समयसम्म एकै स्थानमा पार्किङ नगर्न प्रहरीको सुझाव छ ।
‘उपत्यका बाहिर वा छेउका जिल्लाहरुबाट प्रहरीले चोरीका मोटरसाइकल र स्कुटर पक्राउ गरिरहेको छ,’ उनले भने ‘चोरीका मोटरसाइकर र स्कुटरमा चेकजाँच गर्दा कागजपत्र नहुने र एकै सवारीमा विभिन्न लटका सामानहरु राखिएको भेटिन्छन् ।’
सिन्धुपाल्चोक, धादिङ्ग, चितवन र नुवाकोटबाट काठमाडौबाट चोरी भएका मोटरसाइकर र स्कुटर बरामत हुने उनले बताए ।
यसरी हुन्छ चोरी
चोरी विशेषगरि बढी भिडभाड हुने क्षेत्रहरुमा बढी हुने गर्दछ । व्यस्त सडकको किनारा, व्यापारी क्षेत्र, अस्पताल, फुटपात वा गल्लीहरुमा पार्क गरेको मोटरसाइकल र स्कुटरमा चोरको आँखा पर्ने गर्दछ ।
थोरै समयको लागि मात्र पार्क गर्ने भन्दैमा सवारी चालकले ह्याण्डिल लक, डिक्स लक नगरि छोडेर जाने वा चाबी बिर्सिएर जाने गर्दा त्यस्ता मोटरसाइकल र स्कुटर चोरी हुन्छन् ।
बाटैको छेउमा रहेको पसलमा समान किन्ने हो भनेर किरानामा बाईक चाबीसहित छोडेर वा ह्याण्डिल लक नगरी जाँदा चोरी भएको निवेदन लिएर प्रहरीकोमा सबै भन्दा धेरै पुग्ने गरेका छन् ।
मोटरसाइकर र स्कुटर पार्क गरेर सवारी भनी आफ्नो काममा व्यस्थ भएको एकिन हुने बित्तिकै चोरले ह्याण्डिल लक तोडेर उनीहरुसँग भएको मास्टर चावीको मद्दतले मोटरसाइकल र स्कुटर चोर्ने गर्दछन् ।
यदी मोटरसाइकल र स्कुटरमा ह्याण्डिल लक वा डिक्स लक छैन भने चोरलाई त्यस्ता सवारी चोरी गर्न कुनैपनि मोहनत गर्नु नै नपर्ने ट्राफिक प्रहरी महाशाखाका साहयक प्रहरी निरिक्षक बजगाँई बताउँछन् ।
‘सवारीसाधनमा डिस्क लक, ह्विल लक, सेक्युरिटी साइरन प्रयोग गर्नुपर्छ’ उनले भने ‘प्रविधि जडान गरेको छ भने चोरलाई चोरी गर्न समय लाग्छ र प्रक्राउ पर्ने सम्भावना बढी हुने हुँदा यस्ता मोटरसाइकर र स्कुटर उनीहरुले चाँर्ड चोरी हाल्न आट्दैनन् ।’
तर बेवारिसे अवस्था गल्ली, फुटपात वा घरमा नै गेट नै नलगाई फार्क गरिएको मोटरसाइकर र स्कुटरको तार काटेर चोरी भएको उनले जानकारी दिए । त्यस कारण सकभर आफ्नो नजर पुग्ने स्थानमा मोटरसाइकर र स्कुटर पार्किङ गर्न उनकोे सुझाव छ ।
‘२/३ लाख रुपैयाँको सवारी किनेर २/३ हजारको आधुनिक प्रविधिका सेक्युरिटी मेसिन जडान गर्नु लोभ गर्नु हुदैन,’ उनले भने ।
पछिल्लो समय सेकेण्ड ह्याड मोटरसाइकर र स्कुटर टेस्ट ड्राइभको बाहनामा चोरी भएको घटना बढिरहेको छ । त्यसैले पूर्णरुपमा विश्वासिलो व्यक्तिलाई मात्रै टेस्ट ड्राइभ गर्न दिने र टेस्ट ड्राइभ गर्नदिदाँ आफु पनिसँगै पछाडि बस्ने गर्नु पर्दछ ।
यस्तै एकै स्थानमा लामो समयसम्म पार्किङ भएका मोटरसाइकल र स्कुटरमा वरपरका मानिसहरुको ध्यान त्यति नहुने र चोर्नलाई सहज हुने हुँदा लामो समयसम्म एकै स्थानमा पार्किङ नगर्न प्रहरीको सुझाव छ ।