किन उस्तै प्रडक्ट बेचिरहेका छन् बीमा कम्पनी, कुन कम्पनीका प्रडक्ट कस्ता ? (सूचिसहित)



काठमाडौं । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुमा अधिकांशको प्रडक्ट एकै खालको रहेको छ । बीमा कम्पनीहरुले १० देखि २५ वटासम्म बीमाका प्रडक्ट बिक्री गरिरहेका छन् ।

बीमा कम्पनीहरुले इन्ड्रोमेन्ट, एन्टिसीपेटेड, ट्रम लोन, मनि ब्याक प्लान, इन्डोमेन्ट कम होल, सिङ्गल प्रिमियमजस्ता प्रडक्टहरु सञ्चालनमा ल्याएका छन् ।

सानिमा लाइफ इन्योरेन्सले १० वटा योजना ल्याएको छ । जसमा इन्डोमेन्ट, चाइल्ड इन्डोमेन्ट, ज्वाइन्ट लाइफ इन्डोमेन्ट, ट्रम लाइफ इन्डोमेन्ट, एन्टिसीपेटेड योजना रहेको छ । यस्तै रिलायबल नेपाल लाइफ इस्योरेन्सले इन्डोमेन्ट, ट्रम, मनि ब्याक प्लान ल्याएको छ । रिलायबलका १३ वटा योजना रहेका छन् ।

यता यूनियन लाइफ इन्स्योरेन्सले ९ वटा योजना ल्याएको छ । यूनियनको अन्यको भन्दा फरक योजनामा पूर्णजीवनको प्रत्याभूति अर्थात एन्टिसिपेटेड कम होल लाइफ, ट्रम लाइफ योजना ल्याएको छ ।

सन लाइफ इन्स्योरेन्सले अन्यको भन्दा फरक योजनामा लिमिटेड होल लाइफ, सिङगत प्रिमियम, लिमिट पेमेन्ट, ग्रुप ट्रम, ट्रम एसुरेन्स पोलिसी, लिमिट मनि ब्याक, माइक्रो इन्डोमेन्ट जस्ता १३ वटा योजना ल्याएको छ ।

यता सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ११ वटा मात्रै योजना ल्याएको छ । बीमा संस्थानले ल्याएका योजनामा अधिकांश अन्य कम्पनीकै जस्ता रहेका छन् ।

केही भने फरक पनि रहेका छन् । जसमा इन्डोमेन्ट र होल लाइफ पोलिसी सँगै रहेको छ । अन्यमा इन्डोमेन्ट र ट्रम लाइफ रहेका छन् । सबै बीमा कम्पनीको प्रकार उस्तै उस्तै भएपनि यसको नाम भने फरक रहेको छ ।

किन उस्तै प्रोडक्ट बेचिरहेका छन् बीमा कम्पनीहरु ?

यता प्राइम लाइफ इन्स्योरेन्सले विभिन्न २० वटा योजना ल्याएको छ । जसमा केही योजना सबै बीमा कम्पनीसँग मेल खाने रहेका छन् ।

प्राइमको अरु भन्दा फरक योजनामा मोटरेज रेडम्प्सन योजना रहेको छ । यो योजनाको नाम प्राइम कर्जा सुरक्षा जीवन बीमा रहेको छ ।

प्रभु लाइफ इन्स्योरेन्सले ९ वटा योजना ल्याएको छ । जसमा प्रभुले अन्यको भन्दा फरक चाइल्ड इन्डोमेन्ट एसुरेन्स पोलिसी, चाइल्ड मनी ब्याक, मनी ब्याक, इन्क्रिजिङ इन्डोमेन्ट एसुरेन्स, एनुयल मनि ब्याकजस्ता योजना रहेका छन् ।

नेपाल लाइफ इन्स्योरेन्सले २५ वटा योजना ल्याएको छ । जसमा माइक्रो इन्डोमेन्ट, इन्डोमेन्ट सिङगल प्रिमियम, माइक्रो ट्रम लाइफ, माइक्रो इन्डोमेन्ट लगायत प्रडक्ट रहेका छन् ।

नेशनल लाइफ इन्स्योरेन्सले २५ वटा योजना ल्याएको छ । नेशनलले पनि अन्य जीवन बीमा कम्पनीभन्दा फरक इन्डोमेन्ट र होल लाइफ, स्पेशल ट्रम, ट्रम जस्ता प्रडक्ट ल्याएको जनाएको छ ।

मेट लाइफले १६ वटा प्रडक्ट ल्याएको छ । जसमा अन्य भन्दा फरकमा ग्रुप ट्रम इन्स्योरेन्स, ट्रम लाइफ र ट्रम लाइफ इन्स्योरेन्स, एजुकेसन इन्डोमेन्ट जस्ता योजना ल्याएको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सले ८ वटा प्रोडक्ट ल्याएको छ । महालक्ष्मीको केही प्रोडक्ट अन्य कम्पनीको जस्तै भएपनि केही भने फरक नाममा रहेका छन् । जसमा लिमिट पेमेन्ट इन्डोमेन्ट लाइफ, इन्डोमेन्ट कम होल लाइफ, एनुअल मनि ब्याक जस्ता योजना रहेका छन् ।

लाइफ इन्स्योरेन्स कर्पोरेशनले २२ वटा प्रडक्ट बेचिरहेको छ । स्पेशल ट्रम पोलिसी, होल लाइफ, सिङगल प्रिमीयम, माइक्रोट्रम, चाइल्ड मनी ब्याक जस्ता प्रडक्ट रहेका छन् । अन्य प्रडक्ट भने सबै बीमा कम्पनीको मेल खाने खालको देखिएको छ ।

आइएमई लाइफले पनि १२ वटा प्रडक्ट ल्याएको छ । आइएमईको प्रडक्ट इन्डोमेन्ट विथ होल लाइफ मात्रै नयाँ रहेको छ । बाँकी सबै प्रडक्ट अन्य बीमा कम्पनीसँग मेल खाने नै रहेको छ ।

गुराँस लाइफले ल्याएको २१ वटा प्रोडक्टमा एडल्ट, चाइल्ड र ट्रम प्रडक्ट रहेका छन् । अन्यको भन्दा यसको प्रडक्टको नाम फरक रहेको छ । गुँरासले आफ्नो प्रडक्टमा समयावधि पनि तोकेको छ ।

सिटिजन्स लाइफले पनि ९ वटा योजना ल्याएको छ । त्यसमा अन्यको भन्दा फरकमा माइक्रो क्रेडिट इन्स्योरेन्स रहेको छ । बाँकी सबै अन्यको जस्तै प्रडक्ट रहेका छन् ।

एसियन लाइफले १९ वटा प्रोडक्ट ल्याएको छ । केही प्रोडक्टमा एसियनले उमेर अवधि पनि तोकेको छ । एसियनले ल्याएको प्रडक्टमा मनि ब्याक पोलिसी, इन्डोमेन्ट साथै होल लाइफ, माइक्रो इन्स्योरेन्स, माइक्रोब्याक होल लाइफ पोलिसी रहेको छ ।

रिलायन्स लाइफले पनि ९ वटा पोलिसीको प्रोडक्ट ल्याएको छ । रिलायन्सको प्रोडक्ट अरुको भन्दा निकै फरक रहेको छ । रिलायन्सले पाटिसिपेन्ट र नन पाटिसिपेन्ट प्रोडक्ट ल्याएको छ । अन्य प्रोडक्ट रहेका छैनन् ।

ज्योति लाइफले अन्य भन्दा फरकमा चाइल्ड इन्डोमेन्ट प्लान, इन्डोमेन्ट प्लस होल लाइफ प्लान, सिङगल एण्ड लिमिटेड पेमेन्ट इन्डोमेन्ट प्लान नामक प्रडक्ट रहेको छ ।

१३ वटा प्रडक्ट रहेको सुर्य लाइफ इन्सायेरेन्सले पनि अरुकै जस्ता प्रडक्ट ल्याएको छ । इन्डोमेन्ट, मनि ब्याक, इन्डोमेन्ट कम होल, मनि ब्याक ट्रम जस्तै रहेका छन् ।


पुष्प दुलाल