एक वर्षमा ५७ लाख केजी माछाजन्य वस्तु आयात, १ अर्ब बाहिरिँदा ३६ करोड राजस्व संकलन

42
Shares

काठमाडौं । आर्थिक वर्ष २०८२-८३ मा ५७ लाख २७ हजार किलोग्राम (केजी) माछा र माछाजन्य(सिफुड) वस्तुको आयात भएको छ ।

भन्सार विभागले बिहिबार सार्वजनिक गरेको वार्षिक आयात-निर्यातको तथ्यांक अनुसार  गत वर्ष ५७ लाख २७ हजार २६४ केजि माछा र माछाजन्य(सिफुड) वस्तुको आयात भएको हो । १ वर्षमा १ अर्ब ५३ हजार रुपैयाँ बराबरको यी वस्तुको आयात भएको छ । सरकारले यी वस्तुको आयातबाट करिब ३६ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।

यीनमा माछा (तिनका कलेजो, फुल र प्रजनन ग्रन्थी समेत) वा झिँगेमाछा जातिका जीव, बाहिरी खबटा हुने जीव वा अन्य ढाडमा हाड नहुने जलचर, मरेका र जाति विशेषको कारणले वा अवस्था विशेषका कारणले मानिसले खान अयोग्य वा अनुपयुक्तः माछा वा झिँगेमाछा जातिका जीव, बाहिरी खबटा हुने जीव वा अन्य ढाडमा हाड नहुने जलचरहरूको मानिसले खान नहुने मैदा लगायतका वस्तु पर्दछन् ।

यस्ता सीफुड विशेषगरी भारतबाट बढि आयात हुने गरेको तथ्यांक छ । भारतपछि भियतनाम, जापान, चिन, हङकङ, युनाइटेड किंगडम, सिंगापुर, नर्वे, मलेसिया, कुवेत, कोरिया, बहराइन, अष्टे«लिया लगायतका देशबाट नेपाल आयात हुने गरेको छ ।