कान्तिपुर, अनलाइनखबरसहितका मिडिया हाउसका गेट अघि शंकास्पद गाडी पार्किङ, आवतजावतमा समस्या


काठमाडौं । विभिन्न सञ्चारमाध्यमको मूल प्रवेशद्वार अघि शंकास्पद रुपमा निजी गाडीहरू पार्किङ गरी आवतजावतमा अवरोध पुर्‍याइएको पाइएको छ।

आज बिहान साढे ७ बजेदेखि कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर र हिमालय टेलिभिजनको कार्यालय गेटमा शंकास्पद निजी गाडीहरू पार्किङ गरी आवतजावतमा अवरोध पुर्‍याइएको छ ।

तीनकुने स्थित कान्तिपुरको कार्यालय नयाँ बानेश्वरमा रहेको अनलाइखबरको र मध्यबानेश्वरमा रहेको हिमालयन टेलिभिजनको कार्यालय प्रवेशद्वारमा गाडी तेर्स्याइएका कारण पत्रकारहरूलाई रिपोर्टिङमा जान र सवारी साधन भित्र-बाहिर गर्न कठिन भएको छ।

कार्यालयको गेटमा पार्क गरिएको गाडीका कारण पत्रकारहरूलाई सवारीसहित आवतजावत गर्न बाधा पुगेको छ र रिपोर्टिङमा जान पत्रकारहरू रोकिएका हिमालय टिभी र अनलाइनखबरका ग्रुप सम्पादक उमेश चौहानले जनाएका छन् ।

यी गाडीहरू कसले र किन राखेको भन्ने खुलेको छैन । मिडिया हाउसहरूले बिहानै जानकारी गराए पनि ट्राफिक प्रहरीले ११ बजेपछि मात्र कानुनी प्रक्रिया सुरु गरी कान्तिपुरको गेटमा रहेको गाडीमा ‘ह्विल-लक’ लगाएको छ । प्रहरी टोली परिचालन गरिएको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।