नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर


काठमाडौं । नेपाली घरपरिवारमा रेफ्रिजरेटर आज केवल खाना चिसो राख्ने उपकरण मात्र नभएर परिवारको स्वास्थ्य, दैनिक सुविधा र घरको समग्र शान्तिसँग जोडिएको महत्वपूर्ण हिस्सा बनेको छ ।

यही आवश्यकतालाई मध्यनजर गर्दै गोदरेज एप्लायन्सेसको नेपालका लागि आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले ‘घरको शान्ति, मनको शान्ति’ भन्ने मूल नाराका साथ गोदरेजका अत्याधुनिक रेफ्रिजरेटरहरू नेपाली बजारमा उपलब्ध गराइरहेको छ । व्यस्त जीवनशैलीमा ताजा खानाको सुनिश्चितता र खाद्य सामग्रीको लामो समयसम्मको सुरक्षाले नै उपभोक्तालाई मानसिक रूपमा ढुक्क बनाउने कम्पनीको विश्वास छ ।

गोदरेजका नवीनतम रेफ्रिजरेटरहरूमा जडान गरिएको एआई पावर प्रविधि, फूड लोड ट्र्याकिङ र युसेज मनिटरिङ जस्ता सुविधाहरूले यसलाई आधुनिक भान्साका लागि अपरिहार्य बनाएका छन् । यसमा रहेको न्यानो शिल्ड टेक्नोलोजी र ३० दिनसम्म ताजगी कायम राख्ने क्षमताले गर्दा हप्ताभरिको तरकारी र फलफूल एकैपटक खरिद गरेर सुरक्षित राख्न सम्भव भएको छ ।

यसका साथै स्मार्ट डिफ्रस्ट, ४-इन-१ कन्भर्टिबल मोड र एड्भान्स्ड क्यापिलरी प्रविधिले उर्जा बचत गर्नुका साथै खाद्य सामग्रीको प्रकृति अनुसार भण्डारण गर्ने सुविधा प्रदान गर्दछ, जसले उपभोक्ताको दैनिक जीवनलाई निकै सहज बनाएको छ ।

विशेष गरी कामकाजी परिवारहरूका लागि गोदरेज रेफ्रिजरेटर एउटा भरपर्दो साथी सावित भएको छ । हप्तामा एक पटक मात्र बजार जाने र धेरै समयसम्म सामग्रीहरू ताजा राख्नुपर्ने चुनौतीलाई यसको स्मार्ट स्टोरेज समाधानले हल गरिदिएको छ । बालबालिकाको टिफिनदेखि पाहुनाका लागि तयार पारिने विशेष परिकारसम्मलाई व्यवस्थित र स्वास्थ्यकर राख्न मद्दत पुग्ने भएकाले यसले गृहणीहरूको कार्यभार र तनावलाई कम गरेको छ । भान्साको उचित व्यवस्थापनले दिने यही ढुक्कपन नै वास्तवमा ‘मनको शान्ति’ को आधार बनेको छ ।

नेपाली बजारमा गोदरेजका सिंगल डोर, डबल डोर र साइड-बाइ-साइड गरी विभिन्न आकर्षक मोडलका रेफ्रिजरेटरहरू उपलब्ध छन् । उपभोक्ताहरूले आफ्नो परिवारको आकार र आवश्यकता अनुसार यी मोडलहरू देशभर रहेका सीजी इलेक्ट्रोनिक्सका आधिकारिक डिलर नेटवर्क, शोरुम र सीजी डिजिटल प्लेटफर्ममार्फत सहजै खरिद गर्न सक्नेछन् ।

रेफ्रिजरेटरका अतिरिक्त गोदरेजका वासिङ मेसिन, माइक्रोवेभ ओभन, एयर कन्डिसनर र चेस्ट फ्रिजर जस्ता उत्पादनहरू पनि नेपाली ग्राहकमाझ निकै लोकप्रिय रहेका छन् । कम्पनीले निरन्तर रूपमा आधुनिक र उपभोक्तामैत्री प्रविधि भित्र्याएर नेपाली ग्राहकको मन जित्दै आइरहेको छ ।