लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य

350
Shares


काठमाडौं । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन आचार्य नियुक्त भएका छन् । असार २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आचार्यलाई आगामी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

बैंकको नायब प्रमुख कार्यकारी अधिकृत रहेका आचार्यलाई आगामी २०८३ साउन १ गतेदेखि लागु हुनेगरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा आचार्यसँगै उमेश रेग्मी पनि कार्यरत थिए । बैंक सञ्चालक समितिले रेग्मीलाई छोडेर आचार्यलाई सिईओ नियुक्त गरेको हो ।

बैंकको सिईको नरेश सिंह बोहोरा कार्यकाल पुरा गरी बिदा हुने भएसँगै रिक्त हुने सिईओमा आचार्य नियुक्त भएका हुन् ।