हरेक वर्ष निरन्तर व्यापार बढाउँदै भायानेट, एकै वर्ष गर्यो साढे २ अर्बकाे काराेबार

0
Shares

काठमाडौं । भायानेट कम्यूनिकेशनले एकै वर्ष करिब साढे २ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ४० करोड ४० लाख रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीले सन् २०२४ मा २ अर्ब ३० करोड ६० लाख रुपैयाँ, सन् २०२३ मा २ अर्ब १७ करोड ९० लाख रुपैयाँ र सन् २०२२ मा २ अर्ब २३ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीको गत आवमा नाफा मार्जिन स्थिर रहेको छ । कम्पनीअनुसार गत आवमा २७ देखि ३४ प्रतिशतमा नाफा मार्जिन गरेको छ ।

कम्पनीको गत आवमा नाफा मार्जिन घटेर ७४ करोड ८० लाख रुपैयाँमा सिमित भएको छ । सन् २०२४ मा ७७ करोड ४० लाख रुपैयाँ गरेको थियो । कम्पनीको कर्मचारीको सुविधाको खर्चमा पनि कमी आएको छ । सन् २०२४ मा २२ करोड ४० लाख रुपैयाँ खर्च भएकोमा गत आवमा १७ करोड ४० लाख रुपैयाँ कर्मचारीका लागि खर्च गरेका छन् ।

कम्पनीले गत आवमा ३ प्रतिशत खुद नाफा कमाएको छ । साथै, कम्पनीको कुल नगद सञ्चितीमा पनि सुधार आएको छ । सन् २०२४ मा ५१ करोड ९० लाख रुपैयाँ कुल नगद सञ्चय रहेकोमा गत आवमा सुधार भई ५४ करोड १० लाख रुपैयाँमा सिमित भएको छ ।

कम्पनीको सन् २०२४ मा मध्यम स्तरको ऋणमा आधारित थियो । तर, गत आवमा कम्पनीको ऋणको स्तर उच्च बढेको छ । गत आवमा मर्मतसम्भार शुल्कमा लागइएको रोयल्टी तथा आरटीडीएफ शुल्कको दायित्व बढाउँदा पुँजी संरचना उच्च ऋणमा आधारित भएको हो । कम्पनीले गत आवमा ४३ करोड ३० लाख रुपैयाँ रोयल्टी र आरटीडीएफ शुल्क दायित्व व्यहोरेको छ ।

कम्पनीको ऋण वहन क्षमता अझै पनि नियन्त्रणमै रहेको छ । गत आवमा कम्पनीको कुल ऋण/कुल नगद सञ्चितीको अनुपात ४.३६ गुणा रहेको छ । सन् २०२४ मा ३.४४ गुणा थियो । कम्पनीको ब्याज कभरेज अनुपात ३.५७ गुणा रहेको छ । सन् २०२४ मा ३.६६ गुणा थियो ।

सन् १९९९ मा स्थापना भवएको कम्पनी सन् २०२२ मा पब्लिक कम्पनीको रुपमा परिणत गरेको थियो । नेपाल टेलिकम प्राधिकरणबाट इन्टरनेट सेवा प्रदायकको लागि इजाजत प्राप्त कम्पनीले देशभर इन्टरनेट सेवा दिँदै आएको छ ।

सब्सक्राइबरको आधारमा नेपालको इन्टरनेट सेवा प्रदायक कम्पनीको चौथो स्थानमा रहेको कम्पनीले नेपाली बजारको १०.२९ प्रतिशत हिस्सा ओगटेको छ । कम्पनीको देशका ५८ वटा जिल्ला र ७ वटा प्रदेशमा उपस्थिति छन् ।

विनय बोहोरा अध्यक्ष रहेको यो कम्पनीमा पर्शुराम कुँवर क्षेत्री स्वतन्त्र सञ्चालक छन् भने सेवा पाठक प्रमुख कार्यकारी अधिकृत छन् । यो कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब १८ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २ करोड ७५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ९० करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो ।

देशभर ६० वटा इन्टरनेट सेवा प्रदायक कम्पनी छन् । त्यसमध्ये मुख्य २० वटा कम्पनीले नेपालको ९९.११ प्रतिशत हिस्सा ओगटेको छ । त्यसमा पनि मुख्य ५ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीले ७१ प्रतिशत बजार हिस्सा कब्जा गरेको छ । जसमा कम्पनीको १० प्रतिशत हिस्सा रहेको छ । इन्टरनेट सेवा प्रदायकहरूमध्ये बजार विस्तारका हिसाबले भायनेट चौथो स्थानमा रहेको छ ।