
काठमाडौं । पूर्वअर्थमन्त्री नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ ।
शंकास्पद सम्पत्तिको अनुसन्धानका सिलसिलामा सोमबार सुर्खेतबाट पक्राउ परेका पौडेललाई काठमाडौं ल्याई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाइएको थियो ।
विभागमा करिब दुई घण्टाको बयानपछि उनलाई विशेष अदालत लगिएको हो । अदालतमा अहिले बहस भइरहेको छ ।
विभागको टोलीले पौडेललाई नियन्त्रणमा लिनुअघि उनको निवासमा समेत छापा मारेको थियो।








प्रतिक्रिया