
काठमाडौं । रुंगटा ग्रुपले नेपालगञ्जमा राइस मिल खोल्ने भएको छ । ग्रुपले ओसीबी एग्रो उद्योग दर्ता गरी राइस मिल खोल्ने भएको हो ।
कम्पनीले धान प्रशोधन गरी चामल उत्पादन गर्ने जनाएको छ । कम्पनीले वार्षिक ७२ हजार मेट्रिक टन उत्पादन क्षमतामा उत्पादन गर्ने योजना बनाएको छ । कम्पनीले उद्योग निर्माणका लागि ४१ करोड ५४ लाख रुपैयाँ लागत खर्च हुने अनुमान गरेको छ । कम्पनीले लगानीको ऋण–इक्विटी अनुपात ७२ः२८ रहेको छ । जसमा ३० करोड रुपैयाँ ऋण लिई लगानी गर्नेछ भने ११ करोड ५४ लाख रुपैयाँ इक्विटीमार्फ्त लगानी गर्नेछ ।
हालसम्ममा कर्जाको व्यवस्थापन भइसकेको छ । कम्पनीअनुसार वैशाखसम्ममा ६५.६९ प्रतिशत वित्तीय प्रगति भएको छ । कम्पनीले उद्योग निर्माण गरी सञ्चालन गर्न दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि एक अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३० करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७० करोड रुपैयाँको रेटिङ गराएको हो ।
कम्पनीको अध्यक्ष प्रदिपकुमार रुंगटा हुन् । रुंगटा ग्रुप विगत लामो सयमदेखि नै कृषि क्षेत्रमा आबद्ध छन् । कम्पनीको देशभर वितरण नेटवर्क छन् । निर्माण भइरहेको राइस मिलबाट उत्पादन हुने चामल पर्ल ब्रान्डमा बिक्री वितरण गर्ने योजना बनाएको छ । ग्रुपले विगत लामो समयदेखि सोही ब्रान्डमा देशभर चामल बिक्री वितरण गर्दै आएको छ ।








प्रतिक्रिया