हामी रास्वपाको दुस्मन होइनौं: गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूहरू रास्वपाको दुस्मन नभएको बताएका छन्।

आइतबार चितवनमा सुरु भएको रास्वपाको महाधिवेशनमा सम्बोधन गर्दै सभापति थापाले आफूहरु रास्वपाको प्रतिस्पर्धी भए पनि प्रतिद्वन्द्वी नभएको बताए ।

कांग्रेसभित्र रहेको फोहोरलाई सफा गरेर रास्वपाभन्दा उचाइमा पुग्न आफूहरु लाग्ने थापाले बताए ।

आफूहरूले सत्यको पक्षलाई समर्थन गर्ने भन्दै रास्वपा सरकारले राम्रो गरेको कामको सम्मान र ठूलो स्वरमा स्वागत गर्ने बताए।

गल्ती गर्दा आफ्ना दलका नेतालाई प्रश्नलाई थापाले आग्रह गरे ।

थापाले रास्वपाको जनसमर्थनलाई मुक्तकण्ठले प्रशंसा गरे । पार्टी गठन भएको ४ वर्षमै रास्वपाले पाएको जनसमर्थन लोभलाग्दो रहेको उनले बताए ।

रास्वपाले प्राप्त गरेको जनमत असाधारण रहेको उनले बताए ।

इतिहासमा करिब तीन चार पटकमात्रै राजनीतिक दलले यस्तो जनमत पाएको भन्दै ती प्राय सबै दुर्घटनामा परेको स्मरण गराए।

‘संगठन निर्माणदेखि निर्वाचनमा सफलता प्राप्त गर्ने यो यात्रामा पार्टी सभापति रवि लामिछाने र सम्माननीय प्रधानमन्त्री बालेन शाहले जुन कुशलतापूर्वक नेतृत्व गर्नुभएको छ र तपाईंहरूले जुन साथ दिनुभएको छ तपाईंहरू सबै बधाइको पात्र हुनुहुन्छ,’ सभापति थापाले भने ।