
काठमाडौं । नेपालको यातायात क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्याएको भन्दै विश्वकै अग्रणी कमर्सियल भेइकल ब्रान्ड फोटोनलाई प्रतिष्ठित ‘कर्पोरेट कमर्सियल भेइकल अवार्ड २०२६’ बाट सम्मानित गरिएको छ । आधुनिक प्रविधि, सुरक्षा, दिगो गतिशीलता र वातावरणमैत्री यातायात समाधानका माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको हो ।
होटल र्याडिसनमा आयोजित एक विशेष कार्यक्रमका बीच एमएडब्लु वृद्धि कमर्सियल भेहिकल प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल कुमार बरालले सो अवार्ड ग्रहण गरेका थिए ।
यो सम्मानले नेपाली कमर्सियल भेइकल बजारमा फोटोनको बढ्दो प्रभाव र नेपाललाई स्वच्छ, हरित तथा प्रभावकारी यातायात प्रणालीतर्फ अघि बढाउने कम्पनीको प्रतिबद्धतालाई प्रतिविम्बित गरेको कम्पनीले जनाएको छ ।
हाल नेपालमा २,००० भन्दा बढी फोटोनका सवारीसाधनहरू सञ्चालनमा रहेका छन् । फोटोनका भरपर्दा ट्रक, भ्यान तथा इलेक्ट्रिक कमर्सियल सवारीसाधनहरूले व्यावसायिक गतिशीलता सुधार गर्न र दिगो यातायात विकासका राष्ट्रिय लक्ष्यहरू पूरा गर्न महत्वपूर्ण भूमिका खेलिरहेका छन् । अवार्डले फोटोनको इलेक्ट्रिक मोबिलिटी प्रवर्द्धन, कार्बन उत्सर्जन न्यूनीकरण र उन्नत कमर्सियल भेइकल प्रविधि भित्र्याउने नेतृत्वदायी भूमिकालाई समेत मान्यता दिएको छ ।
अवार्ड ग्रहण गर्दै सीईओ अनिल कुमार बरालले भन्,’यो सम्मानले नेपालमा विश्वस्तरीय कमर्सियल मोबिलिटी समाधान उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई थप बलियो बनाएको छ । हामी भरपर्दा सवारीसाधन, नवीन प्रविधि र बलियो बिक्रीपछिको सेवामार्फत देशको आर्थिक प्रगतिमा सहयोग गर्न निरन्तर केन्द्रित रहनेछौँ ।’
नेपालमा फोटोनको आधिकारिक प्रतिनिधि एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्सले ग्राहकहरूलाई व्यापक सहयोग पुर्याउन देशभर ‘३एस’ (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) नेटवर्क विस्तार गरेको छ ।
यसका साथै, इलेक्ट्रिक मोबिलिटीलाई थप मजबुत बनाउन कम्पनीले नेपालभर २०० भन्दा बढी ‘सीसीएस२’ फास्ट चार्जिङ पोइन्टहरू समेत विकास गरिसकेको छ ।
यो अवार्डले फोटोनको विश्वस्तरीय उत्पादनमार्फत नेपाली व्यवसायीहरूको आवश्यकता पूरा गर्ने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ ।








प्रतिक्रिया