युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

56
Shares

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.२८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्वावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

Skip This