
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य एकैदिन १० हजार ५ सय रुपैयाँले घटेको छ ।
यस दिन सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँ कायम थियो ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ४० रुपैयाँ कायम भएको छ ।
बिहीबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ३ सय ५ रुपैयाँ गिरावट भएको छ ।








प्रतिक्रिया