भौतिक पूर्वाधार मन्त्री लम्सालको निर्देशन: काम नगर्ने ठेकेदारको खुट्टा भाँच्दिनू (भिडियो)


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले निर्माणाधीन नागढुंगा–मुग्लिङ सडक खण्डको अनुगमनका क्रममा दिएको एक अभिव्यक्ति अहिले चर्चा र विवादमा तानिएको छ ।

काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई ‘खुट्टा भाँचेर भए पनि काम लगाउन’ उनले निर्देशन दिएका हुन् ।

आइतबार मुग्लिङ–नागढुंगा सडकको निरीक्षण गर्ने क्रममा मन्त्री लम्सालले सडकको बीचमा रहेका बिजुलीका पोल हटाउन भइरहेको ढिलाइप्रति आक्रोश व्यक्त गरे । धादिङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र आयोजना प्रमुखकै अगाडि उनले ठेकेदारलाई जहाँबाट भए पनि खोजेर ल्याउन र काम नगरे खुट्टा भाँचिदिन निर्देशन दिएका हुन् ।

‘यो बिजुलीको पोल सार्ने कन्ट्रयाक्टर जहाँ भए पनि खोजेर ल्याउनुस् । काम गर्दैन भने खुट्टा भाँच्दिनू, मतलब भएन,’ उनले भनेका छन् ।

अनुगमनका क्रममा उनले स्थानीयको सास्तीलाई ध्यानमा राख्दै निर्माण कार्यमा कुनै सम्झौता नगर्न र सामग्रीको उपलब्धतामा देखिएका अवरोध तत्काल हटाउन समेत निर्देशन दिएका छन् ।

Skip This