नाडा अटो शोको स्टल बुकिङ खुला

42
Shares

काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आगामी भदौ ९ देखि १४ गतेसम्म नाडा अटो शो, २०२६ आयोजना गर्ने भएको छ ।

सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला संघसंस्थाहरूको सहभागितामा अटो शो हुन लागेको नाडाले जनाएको छ । प्रदर्शनीको स्टल बुकिङ जेठ १८ देखि २६ गतेसम्म ९ दिनको समय दिइएको छ ।

नेपालका अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक तथा सम्बन्धित उद्योगहरूलाई आफ्ना नवीनतम उत्पादन, प्रविधि तथा सेवाहरू प्रदर्शन गर्ने अवसर अटो शोले दिँदै आएको छ । नाडाले विगतमा समेत यस्ता अटो शो गर्दै आएको थियो ।

स्टल बुकिङसम्बन्धी विस्तृत जानकारी, आवेदन प्रक्रिया, शुल्क तथा अन्य आवश्यक विवरण व्यवस्थापक कम्पनीबाट लिन सकिने नाडाले जनाएको छ ।