मे महिनामा घट्यो ह्युन्डाईको बिक्री

84
Shares

एजेन्सी । ह्युन्डाई मोटर कम्पनीले पाटपुर्जा आपूर्तिको अभावका कारण उत्पादनमा आएको अवरोधले मे महिनामा यसको विश्वव्यापी बिक्री गत वर्षको तुलनामा सोमबार घटेको बताएको छ ।

दक्षिण कोरियाली अटो निर्माताले मे महिनामा विश्वभर ३ लाख २५ हजार ४ सय ७३ सवारीसाधन बिक्री गर्यो । त्यो गत वर्षको सोही अवधिको तुलनामा ७.७ प्रतिशतले कम हो ।

गत महिना वैदेशिक बिक्री वार्षिक रूपमा ४.६ प्रतिशतले घटेर २ लाख ८० हजार १ सय ९ युनिटमा पुग्यो भने आन्तरिक बिक्री २३.१ प्रतिशतले घटेर ४५ हजार ३ सय ६४ युनिटमा झर्यो ।

ह्युन्डाई मोटरले यस गिरावटको मुख्य कारण आफ्ना आपूर्तिकर्ताहरूमा देखिएको पाटपुर्जा आपूर्तिको समस्याका कारण उत्पादनमा आएको अवरोधलाई बताएको छ ।

कम्पनीले आफ्नो घरेलु बजारमा प्रमुख सेडान न्यु ग्रान्डेयुरको फेसलिफ्ट संस्करण सार्वजनिक गरेसँगै बिक्रीमा बिस्तारै सुधार आउने अपेक्षा गरिएको बताएको छ ।