
काठमाडौं । प्रधानमन्त्री बालने शाहले नेपाल र भारतबीच विभिन्न स्थान सीमा समस्या रहेकोले दुई देशले बसेर समस्या समाधान गर्ने बताएका छन् ।
प्रतिनिधि सभामा सांसद्हरूको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीच विभिन्न भूभागमा समस्या रहेको र त्यसको समाधानका लागि पहल भइरहेको बताए ।
लिपुलेख र लिम्पियाधुरामा भारत र चीनले बनाएको व्यापारी मार्गको बारेमा डिप्लोमेटिक नोट पठाएको र जवाफ पनि आएको उनले बताए ।
प्रधानमन्त्री शाहले दुवै पक्षका इतिहासविद् र कूटनीतिज्ञलाई राखेर समस्याको समाधान गर्ने कुरा भएको बताए । यो विषयमा इग्ल्याण्ड सरकारसँग पनि सरकारले चासो राखेको प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री शाहले नेपालेसमेत कतिपय स्थानमा भारतको जग्गा मिचेको विषय समेत भारतले उठाइरहेकोले आफूहरू बसेर समस्या समाधान गर्ने बताए ।





प्रतिक्रिया