
काठमाडौं । सरकारले बिमा अभिकर्तालाई २० प्रतिशत आयकर लगाएको छ । अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले शुक्रबार संसदमा पेश गरेको आर्थिक विधेयक मार्फत बिमा अभिकर्तालाई २० प्रतिशत कर लगाएको हो ।
‘बासिन्दा प्राकृतिक व्यक्ति रहेको बिमा अभिकर्तालाई भुक्तानी गरेको सेवा शुल्क वा कमिशनमा २० प्रतिशतका दरले कर लाग्ने छ,’ सरकारले आर्थिक विधेयक मार्फत आयकर ऐनको दफा ८८ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यपछि उक्त व्यवस्था थप गरेको हो ।
यसअघि बिमा अभिकर्ता आयकर ऐनको दफा ८८ को उपदफा (१) अनुसार बिमा अभिकर्तालाई १५ प्रतिशत आयकर असुल हुँदै आएको थियो ।‘
बासिन्दा व्यक्तिले नेपालमा स्रोत भएको ब्याज, प्राकृतिक स्रोत, भाडा, रोयल्टी, सेवा शुल्क, कमिसन, बिक्री बोनस, अवकाश भुक्तानी र अन्य कुनै प्रतिफल तथा अवकाश भुक्तानीको रकम भुक्तानी गर्दा कुल भुक्तानी रकमको १५ प्रतिशतका दरले कर कट्टी गर्नुपर्नेछ,’ आयकर ऐनको दफा ८८ को उपदफा (१) मा भनिएको छ ।
हाल बिमा अभिकर्ताबाट आयकर ऐनको यहि व्यवस्था अनुसार कर कट्टी हुँदै आएको थियो । अब बिमा अभिकर्ताको कमिसन वा सेवा शुल्कमा २० प्रतिशत आयकर लाग्ने भएको हो ।





प्रतिक्रिया