
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट घोषणा भएको छ । शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदका दुबै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका हुन् ।
बजेट घोषणासँगै शुक्रबारबाटै ‘आर्थिक ऐन, २०८३’ लागू का विभिन्न प्रावधानहरु लागू हुनेछन् । जसमा मूल्य अभिविद्धि कर, अन्तशुल्क, भन्सार महसुल, प्रदूषण नियन्त्रण शुल्क, हरित कर, आन्तरिक उत्पादन संरक्षण तथा प्रवर्धन शुल्क, स्वच्छ पूर्वाधार लगानी शुल्क शुक्रबार राति बाटै लागू हुनेछन् ।
यस्तै, सडक निर्माण दस्तुर, शिक्षा सेवा शुल्क, स्वास्थ्य जोखिम कर, जलविद्युत् आयोजनालाई बैंक जमानतमा पैठारी गर्न दिने सकिने प्रावधान, राष्ट्रिय पनर्निर्माण कोषमा योगदान गरेको रकम घटाउनुपर्ने, प्रावधान, व्यापार मौज्दातको नोक्सानी सम्बन्धी विशेष व्यवस्था तथा आगजनी वा तोडफोडबाट भवन, फर्निचर, यन्त्र तथा उपकरणमा भएको क्षतिको पुनस्र्थाना सम्बन्धी विशेष व्यवस्था आजैबाट लागू हुनेछ ।
वैदेशिक सहायता सम्झौता बमोजिम सञ्चालित आयोजनाका निर्माण वा सेवा प्रदायक व्यक्तिलाई आयकर छुट सम्बन्धी विशेष व्यवस्था, नेपाल सरकारको सेयर लगानी कायम हुनेगरी दिइएको छुट सुविधासम्बन्धी विशेष व्यवस्था, साविकका बिक्री कर, मनोरञ्जन कार, होटल कर, ठेक्का कर रकम वा आयकरको दस्तुर, शुल्क, ब्याज, जरिबाना मिनाहासम्बन्ध विशेष व्यवस्था र विलासिता शुल्क तथा मूल्य अभिविद्धि कर मिनाहा सम्बन्धी विशेष व्यवस्था पनि शुक्रबारबाटै लागू हुनेछ ।
उपभोगाको म्याद समाप्त भएका वा प्रयोग गर्न अयोग्य वस्तुको नष्ट गर्नेसम्बन्धी विशेष व्यवस्था, अन्तशुल्क टिकट नष्ट गर्नेसम्बन्धी विशेष व्यवस्था, जाँचपास पछिको परीक्षणबाट भएको महसुल निर्धारणमा जरिबाना तथा ब्याज छुटसम्बन्धी व्यवस्था, इन्धनमा भन्सार महशुल तथा हरित कर छुट, सिपिङ कम्पनीले कन्टेनर फिर्ता लैजादा शुल्क छुट सम्बन्धी विशेष व्यवस्था, दायरामा आउने निकायलाई आयकर छुट सम्बन्धी विशेष व्यवस्था, संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता भएका वा अन्य संस्थालाई कर ब्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था पनि शुक्रबारबाटै लागू हुनेछ ।
बिमा अभिकर्ताको लागि ब्याज, थप दस्तुर तथा जरिबाना मिनाहा सम्बन्धी विशेष व्यवस्था, आयकरको ब्याज तथा शुल्क मिनाहासम्बन्धी विशेष व्यवस्था, मूल्य अभिवृद्धि कर, करको जरिबाना र ब्याज मिनाहा सम्बन्धी विशेष व्यवस्था, पनिरमा मूल्य अभिवृद्धि कर मिनाहा सम्बन्धी, अन्तशुल्कको जरिबाना र विलम्ब शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था, विवरण पेस गरेका तर कर तथा अन्तशुल्क बक्यौता रहेका व्यक्तिले कर तिरेमा ब्याज, शुल्क, थप दस्तुर तथा जरिबाना मिनाहा सम्बन्धी विशेष व्यवस्था र कर निर्धारणबाट सिर्जित बक्यौता दाखिला गरेमा शुल्क, थप दस्तुर तथा जरिबाना मिनाहासम्बन्धी विशेष व्यवस्था पनि शुक्रबारबाटै लागू हुनेछ ।
विचाराधीन मुद्दा फिर्ता लिई कर दाखिल गरेमा शुल्क, थप दस्तुर तथा जरिबाना मिनाहा सम्बन्धी विशेष व्यवस्था, संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय संघ संस्था वा कुटनीतिक नियोगहरुमा कार्यरत नेपाली वा वासिन्दा व्यक्तिलाई आयकर, ब्याज तथा शुल्क छुटसम्बन्धी विशेष व्यवस्था, कम्पनी ऐन २०६३ बमोजिम लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा सम्बन्धी व्यवस्था, साल बसाली आर्थिक ऐन बमोजिम लाग्ने शुल्क, दस्तुर वा करमा लाग्ने जरिबाना तथा ब्याज मिनाहा सम्बन्धी विशेष व्यवस्था मुद्दा फिर्ता लिनसक्ने, बैंक जमानत फुकुवा गर्न वा नगद धरौटी फिर्तासम्बन्धी विशेष व्यवस्था र मदिरा ऐन २०३१ मा गरिएको संशोधन शुक्रबारबाटै लागू हुनेछ ।
दफा ५५ को मूल्य अभिवृद्धि कर ऐन २०५२ मा गरिएको संशोधनको उफदफा (१) को खण्ड (क) को उपखण्ड (१ख) र सोही दफाको उपदफा (२) को खण्ड (२ख) बाहेकका अन्य प्रावधान पनि शुक्रबारबाटै लागू हुनेछ । यस्तै, अन्तशुल्क ऐन २०५८ मा भएको संशोधन, र भन्सार ऐन, २०८२ मा गरिएको संशोधन शुक्रबारबाटै लागू हुनेछ ।






प्रतिक्रिया