
काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद गुरुप्रसाद बरालले सुर्तिजन्य पदार्थमा करको दर वृद्धि गर्न सरकारसँग माग गरेका छन् ।
नेपालमा सुर्तिजन्य पदार्थबाट आक्रान्त भएका मानिसहरुको संख्या बढ्दै गएको उल्लेख गर्दै उनले त्यसलाई नियन्त्रण गर्नका लागि उक्त पदार्थमा सरकारले करको दर बढाउनुपर्ने बताए ।
मंगलवार प्रतिनिधि सभा बैठकमा शुन्य समय लिएर बोल्दै सांसद बरालले भारत र बंगलादेशमा पनि त्यस्ता वस्तुको करको दरमा व्यापक वृद्धि गरिएको उल्लेख गर्दै नेपालले पनि त्यसमा बढाउन आवश्यक रहेको तर्क समेत गरे ।
उनले भने ,‘सुर्तिजन्य पदार्थबाट आक्रान्त भएका जनता नेपालमा ८५ लाखभन्दा बढी छन् । १४ देखि २४ वर्ष उमेर समूहका स्कुल र कलेजमा पढिरहेका युवा विद्यार्थीहरु मात्रै करिव ८ लाख यो लतमा फसेका छन सभामुख महोदय करिव ३९ हजार नागरिकहरु सुर्तिजन्य पदार्थबाट वार्षिक मृत्यवरण गरिरहेका छन् । यसलाई न्युुनिकरण गर्ने अन्तराष्ट्रिय अभ्यासलाई हेर्दा सुर्तिजन्य पदार्थको करको दर वृद्धि गरी नियन्त्रण गराउनुपर्ने देखिन्छ । डब्लुएचओले कर वृद्धि गरेर भएपनि सुर्तिजन्य बस्तुको सेवन नियन्त्रण गर्न अनुरोध गरेको छ । भारतमा ५८, बंगलादेशमा ७३ प्रतिशत यो कर लाग्ने गरेको छ । नेपालमा भने मात्रै ४० प्रतिशत छ । त्यस अर्थमा यसलाई नियन्त्रण गर्न सुर्तिजन्य पदार्थमा करको दर वृद्धि गरियोस् ।’





प्रतिक्रिया