सिटिजन लाइफ अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत


​काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘६औँ इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड्स २०२५’अन्तर्गत नेपालकै उत्कृष्ट विधा ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर – नेपाल’ बाट सम्मानित भएको छ ।

इन्डियन च्याम्बर अफ कमर्सद्वारा  थाइल्यान्डको बैंककमा आयोजित समारोहका बीच यो पुरस्कार घोषणा गरिएको थियो ।

​आयोजकका तर्फबाट प्राप्त आधिकारिक ट्रफी र प्रमाणपत्र कम्पनीको केन्द्रीय कार्यालयमा लिइएको कम्पनीले जनाएको छ ।

​यो पुरस्कारले सुदृढ वित्तीय अवस्था, उत्कृष्ट ग्राहक सेवा, परिष्कृत डिजिटल प्रविधि र आम नागरिकमाझ जीवन बीमाको पहुँच पुर्‍याउन खेलेको नेतृत्वदायी भूमिकालाई अन्तर्राष्ट्रिय स्तरमा पुनः प्रमाणित गरेको सिटिजन लाइफले जनाएको छ ।