
कञ्चनपुर । कञ्चनपुरमा घरभित्रै हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
दोधारा चाँदनी नगरपालिका–५, रकुनी टोलका ४५ वर्षीय लीलाराम सुनारको हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान घरभित्र धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा सुनारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।
घटनाबारे सुनारकी श्रीमतीले प्रहरीले जानकारी गराएकी थिइन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा सुनारको धारिलो हतियार प्रहार गरी हत्या गरिएको आशंका गरिएको प्रहरीको भनाइ छ ।
सोधपुछका लागि मृतककी श्रीमती यशोदालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया