
काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले बनेपामा रहेको सुकुम्बासी होल्डिङ सेन्टरको निरीक्षण गरेका छन् ।

सभापति हरि ढकालको नेतृत्वमा कर्मचारी र सदस्य गरी १५ जनाको टोली सोमबार बिहान होल्डिङ सेन्टर पुगेको हो ।टोलीले त्यहाँ बस्दै आएका सुकुम्बासी बस्तीका नागरिकहरुसँग तत्काल समाधान गर्नुपर्ने माग टिपोट गरेको छ ।

सरकारले समस्या समाधान छिटो गर्ने वाचा उनीहरुले गरेका छन् । बालबच्चाको पढाई, दीर्घरोगीहरुलाई उचित व्यवस्थापन र छिटो स्थायी बसोबासको माग उनीहरुल राखेका छन् ।

निरीक्षण टोली पुग्दा सुकुम्बासी बस्तीका केही नागरिकहरु आफुहरुलाई चाडो व्यवस्थापन गरिदिन माग गर्दै आशु झारेका थिए।समितिका सभापति ढकालले शिक्षा र स्वास्थ्यको उचित व्यवस्था छिट्टै हुने बताएका छन् ।















तस्बिरहरू: सूर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी





प्रतिक्रिया