बैंकर पाण्डे पक्राउ परेपछि बैंकर्स संघको बैठक बस्दै

1k
Shares

काठमाडौं । नेपाल बैंकर्स संघको बैठक बिहीबार बिहान बस्ने भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेपछि वाणिज्य बैंकहरूको सीईओहरूको छाता संगठन एनबीएले बैठक बोलाएको हो ।

संघका अध्यक्ष सन्तोष कोइरालाले बिहीबार बिहान ९ बजेका लागि बैठक बोलाइएको बताए ।

ऋणीले कर्जा तिर्न नसकेपछि उसको सम्पत्ति लिलाम गरेर असुल्दा बैंकर पाण्डे पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीईआईबीले स्मार्ट सेलको सम्पत्ति लिलाम गरेर राज्यलाई नोक्सानी भएको आरोपमा बैंकर पाण्डेलाई पक्राउ गरेको हो ।