
काठमाडौं । सरकारले विभिन्न विपदको क्षतिपुर्ति, राहत र पुननिर्माण प्रक्रियामा बिमा लगायत जोखिम हस्तान्तरणका उपकरण विस्तार गरिने घोषणा गरेको छ ।
सोमबार संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेले यस्तो उल्लेख गरेका हुन् ।
‘नागरिक एपमार्फत कृषि, यातायात पर्यटन र उड्यन क्षेत्रमा पूर्व चेतावनी सेवा विस्तार गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘विपदपश्चात् क्षतिपुर्ति, राहत र पुननिर्माण प्रक्रियामा बिमा लगायत जोखिम हस्तान्तरणका उपकरण विस्तार गरिनेछ ।’





प्रतिक्रिया