नयाँ राष्ट्रिय औद्योगिक नीति तर्जुमा गरिने, व्यापार घाटा न्यूनीकरण कार्ययोजना कार्यान्वयनमा ल्याइने

35
Shares

काठमाडौं । सरकारले औद्योगिक नीति २०६७ परिमार्जन गरी नयाँ राष्ट्रिय औद्योगिक नीति तर्जुमा गरिने घोषणा गरेको छ ।

सोमबार संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेले यस्तो उल्लेख गरेका हुन् ।

‘औद्योगिक नीति २०६७ परिमार्जन गरी नयाँ राष्ट्रिय औद्योगिक नीति तर्जुमा गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘स्टार्टअप, लघु, साना तथा मझौला उद्यमलाई वित्त प्रविधि बजार र क्षमता विकासमा एकिकृत पहुँच उपलब्ध गराउन राष्ट्रिय उद्यम प्रवद्र्धन सुविधा स्थापना गरिनेछ ।’

नीति तथा कार्यक्रममा नेपाल व्यापार एकीकृत रणनीति र व्यापार घाटा न्यूनीकरण कार्ययोजना कार्यान्वयन गरिने पनि घोषणा गरिएको छ ।