
काठमाडौं । सरकारले हालै ल्याएको अध्यादेशपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका ६ सार्वजनिक निकायका पदाधिकारीहरूलाई पदमुक्त गरेको छ । मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ का आधारमा अध्यक्ष तथा सदस्यहरू स्वतः पदमुक्त भएको जनाएको हो ।
मन्त्रालयका अनुसार गोरखापत्र संस्थान, प्रेस काउन्सिल नेपाल, नेपाल दूरसञ्चार प्राधिकरण, विज्ञापन बोर्ड, सुरक्षण मुद्रण केन्द्र र सार्वजनिक सेवा प्रसारण नेपालका पदाधिकारीहरू हटाइएका हुन् ।
अध्यादेशको दफा २ को उपदफा (१) बमोजिम पदमुक्त गरिएका पदाधिकारीहरूको सूची यसप्रकार छ:
१. गोरखापत्र संस्थान
अध्यक्ष: गोविन्द प्रसाद भण्डारी
२. प्रेस काउन्सिल नेपाल
अध्यक्ष: डा. कुमार शर्मा आचार्य
सदस्यहरू: पदमराज जोशी, भीमलाल श्रेष्ठ, शान्ताराम विडारी, कुमारी निमा काफ्ले, राम प्रसाद दहाल, विजयराज अधिकारी, बालकृष्ण अधिकारी, केशवशरण लामिछाने र नकुल अर्याल
३. नेपाल दूरसञ्चार प्राधिकरण
अध्यक्ष: भुपेन्द्र भण्डारी
सदस्यहरू: कृष्ण प्रसाद पोखरेल, नवराज अधिकारी, रविन्द्र झा र गोकर्ण प्रसाद सिटौला
४. विज्ञापन बोर्ड
अध्यक्ष: लक्ष्मण हुमागाईं
सदस्यहरू: पवन अधिकारी, मोहन गुरुङ र प्रेम बहादुर भट्टराई
५. सुरक्षण मुद्रण केन्द्र
कार्यकारी निर्देशक: देवराज ढुङ्गाना
सदस्य: आदित्य न्यौपाने
६. सार्वजनिक सेवा प्रसारण नेपाल
अध्यक्ष: डा. महेन्द्र विष्ट
सदस्यहरू: अनिता गुरुङ, फूलमान बल र भूमिराज चापागाईं
मन्त्रालयले उक्त अध्यादेश लागू भएसँगै ती निकायका पदाधिकारीहरू स्वतः पदमुक्त भएको स्पष्ट पारेको छ ।






प्रतिक्रिया