
काठमाडौँ । सरकारले जारी गरेको पछिल्लो अध्यादेश कार्यान्वयनमा आएसँगै अर्थ मन्त्रालय मातहतका विभिन्न महत्वपूर्ण नियामक र वित्तीय निकायहरूमा ठूलो प्रशासनिक हेरफेर भएको छ । अध्यादेशले अढाइ दर्जन पदाधिकारीलाई पदमुक्त गरेको अर्थ मन्त्रालयले जनजाएको छ ।
नयाँ कानुनी व्यवस्थाका कारण कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (आईक्यान) लगायतका निकायका उच्च पदाधिकारीहरू एकैसाथ पदमुक्त भएका हुन्।
कर्मचारी सञ्चय कोषको सञ्चालक समिति अध्यक्ष एवं बहालवाल राजस्व सचिव भूपाल वरालसहित सञ्चालक सदस्यहरू डा. धनिराम शर्मा, ईस्वर कार्की, विनोद थापा, प्रा.डा. तारा प्रसाद भूसाल र देवेन्द्र रमण खनालको जिम्मेवारीबाट हटेका छन् ।
त्यसैगरी, कोषको कार्यकारी नेतृत्व सम्हालिरहनुभएका प्रशासक जितेन्द्र धितालसमेत अध्यादेशको प्रभावसँगै पदमुक्त भएका छन् ।
नागरिक लगानी कोषमा कोषका अध्यक्ष तुलसी प्रसाद घिमिरे, विज्ञ सञ्चालक हेमन्त राज रमाली र कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले संस्थाबाट बिदा लिनुपरेको छ।
नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (आईक्यान) का परिषद्का सदस्यहरू कुमार राई, थान प्रसाद पज्ञानी र श्याम प्रसाद भण्डारी पदमुक्त भएका छन्। यसैगरी, संस्थाको लेखामान बोर्डका अध्यक्ष सुनिल कुमार ढुङ्गेलसहित सदस्यहरू मनमोहनराज काफ्ले, जितेन्द्र कुमार मिश्र, दुर्गा प्रसाद ज्ञवाली, मनिषराज उप्रेती, विदुर लुइटेल र पोषराज नेपालको पदावधि पनि अध्यादेशका कारण समाप्त भएको छ।
लेखापरीक्षणमान बोर्डतर्फ अध्यक्ष जगन्नाथ उपाध्याय निरौलासहित सदस्यहरू रविन्द्र राजभण्डारी, क्षेत्र गोपाल प्रधान, शेषमणी दाहाल र गणेशराज राईले पनि जिम्मेवारी छाड्नु परेको छ ।
नेपाल धितोपत्र बोर्डका सदस्य पिताम्बर भण्डारी र नेपाल बिमा प्राधिकरणका सञ्चालक डा. गणेश प्रसाद पाण्डे पदमुक्त भएका छन्। बिमा प्राधिकरणमा निर्जीवन बिमातर्फको सदस्य पद पहिले नै रिक्त रहेकोमा अब प्राधिकरणको सञ्चालक समिति थप खुम्चिएको छ।
निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र सदस्य प्रकाश जंग थापा पनि अध्यादेशपछि पदबाट बाहिरिएका छन् ।
एकैपटक यति धेरै संख्यामा महत्वपूर्ण वित्तीय तथा नियामक निकायका पदाधिकारीहरू पदमुक्त भएपछि ती संस्थाहरूको नीतिगत निर्णय र दीर्घकालीन योजनाहरू प्रभावित हुने सम्भावना देखिन्छ। सरकारले मापदण्ड बनाएर चाँडै नयाँ नियुक्तिको प्रक्रिया अघि बढाउने अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
यस्तो छ सूची
1.कर्मचारी सञ्चय कोष
- अध्यक्ष – श्री भूपाल वराल। (नेपाल सरकार बहालवाल राजश्व सचिव)
- सदस्य – डा. धनिराम शर्मा (नेपाल सरकार बहालवाल सहसचिव), श्री इश्वर कार्की, श्री विनोद थापा।
- सदस्य – प्रा.डा. तारा प्रसाद भूसाल, श्री देवेन्द्र रमण खनाल।
- कोषको प्रशासक – श्री जितेन्द्र धिताल।
- प्रशासक – श्री जितेन्द्र धिताल।
2. श्री नागरिक लगानी कोष
- अध्यक्ष – श्री तुलसी प्रसाद घिमिरे।
- विज्ञ सञ्चालक – श्री हेमन्त राज रमाली।
- कार्यकारी निर्देशक – श्री पर्वत कुमार कार्की।
3. नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था
परिषद्को गठन
- तीन जना सदस्यहरु – श्री कुमार राई,
- श्री थान प्रसाद पज्ञानी, (नेपाल सरकार सहसचिव),
- श्री श्याम प्रसाद भण्डारी (नेपाल सरकार बहालवाल सहसचिव),
लेखामान बोर्डको गठन
सदस्य, लेखामान बोर्ड, नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था
- अध्यक्ष – श्री सुनिल कुमार ढुंगेल।
- पाँचजना सदस्यहरु – श्री मनमोहनराज काफ्ले,
- श्री जितेन्द्र कुमार मिश्र,
- श्री दुर्गा प्रसाद ज्ञवाली,
- श्री मनिषराज उप्रेती र
- श्री विदुर लुइटेल।
- सदस्य – श्री पोषराज नेपाल।
लेखापरीक्षणमान बोर्डको गठन
अध्यक्ष, लेखापरीक्षणमान बोर्ड, नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था
सदस्य, लेखापरीक्षणमान बोर्ड, नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था
- अध्यक्ष – श्री जगन्नाथ उपाध्याय निरौला ।
- तीनजना सदस्यहरु – श्री रविन्द्र राजभण्डारी,
- श्री क्षेत्र गोपाल प्रधान र
- श्री शेषमणी दाहाल।
- सदस्य – श्री गणेशराज राई।
4. नेपाल धितोपत्र बोर्ड
सदस्य – श्री पिताम्वर भण्डारी।
5. निक्षेप तथा कर्जा सुरक्षण कोष
- सदस्य – रिक्त रहेको।
- सदस्य – श्री प्रकाश जंग थापा।
- प्रमुख कार्यकारी अधिकृत – श्री रमेश घिमिरे।
6. नेपाल बीमा प्राधिकरण
- जीवन बीमा …. सदस्य – डा. गणेश प्रसाद पाण्डे।
- निर्जीवन बीमा… सदस्य – रिक्त रहेको।






प्रतिक्रिया