
विराटनगर । मध्यपूर्व द्वन्द्वअघि विराटनगरमा डिजेलको मुल्य प्रतिलिटर १३१.५० रुपैयाँ थियो । त्यसवेला विराटनगरवाट विरगञ्जसम्मको ढुवानी भाडा १० टनको १८ हजार रुपैयाँसम्म थियो ।
त्यस्तै २० टन सामान विरगञ्ज पु¥याउदा ढुवानी व्यवसायीले १७ हजार भाडा लिन्थे ।मध्यपूर्व द्वन्द्वका कारण यसवेला विराटनगरमा डिजलको मूल्य प्रति लिटर २३७ रुपैयाँ पुगेको छ । यसले गर्दा विराटनगरवाट विरगञ्जसम्मको ढुवानी भाडापनि बढेर १० टनको २७ हजार र २० टनको २५ हजार रुपैयाँ पुगेको छ ।
डिजलको मूल्य दोब्बरले बढदा त्यसको अनुपातमा ढुवानी भाडा पनि बढ्यो ।
ढुवानी व्यवसायी संघ विराटनगरका सस्थापक अध्यक्ष सुशिलकुमार जोशीले द्वन्द्वले डिजलको भाडा बढ्दा ढुवानी भाडा पनि बढेको जानकारी दिए । उनले ढुवानीका लागि सामानसमेत उपलब्ध नहुँदा ढुवानी व्यवसायीको व्यवसाय नै संकटमा परेको जानकारी दिए ।
अन्तरराष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीका आधारमा निगमले गत बुधवार डिजलको मूल्य प्रति लिटर २३७ रुपैयाँ तोकेको थियो ।
द्वन्द्वका कारण डिजेलको मूल्य प्रति लिटर सय रुपैयाँ भन्दा बढीले बढ्यो । त्यसका कारण ढुवानी भाडापनि ५० प्रतिशतले बढ्यो ।
नेपाल उद्योग परिसंघ कोशीका उपाध्यक्ष समेत रहेका जोशीले द्वन्द्वकै कारण उद्योगले कच्चा पदार्थको अभावमा उत्पादन नै घटाउँदा ढुवानीका सामान नै उपलब्ध नहुँदा व्यवसाय नै संकटमा परेको जानकारी दिए ।
विराटनगरवाट विरगञ्जसम्म ४७ प्रतिशतले र काठमाण्डौंका लागि ३१ प्रतिशतले डिजेलको खपत बढेको छ । त्यो सँगै मोविल र टायरको मूल्य पनि बढेको छ ।
जोशीले द्वन्द्वकै कारण औधोगिक कच्चा पदार्थको अभाव हुँदा उद्योगले उत्पादन नगर्दा ढुवानीका सामानको अभावमा ढुवानी व्यवसाय प्रभावित बन्यो ।
पूर्वमा १२ सय भन्दाबढी ढुवानीका साधन छन । सामान्य अवस्थामा दैनिक ४ सय भन्दा बढी ट्रक लोड भएर विभिन्न स्थानमा पुग्थे । ढुवानी व्यवसायी संघ विराटनगरका अध्यक्ष सोम भट्टराईका अनुसार अहिले मुस्किलले दैनिक सयवाट ट्रक लोड हुने गरेका छन ।
सामान्य अवस्थामा सामान अनलोड भएलगत्तै ट्रक लोड भएर गन्तब्य तिर हुइकिन्थे । अहिले ढुवानीका सामानको अभावमा एउटा ट्रक फुल लोड हुन दुई दिन सम्म कुर्नुपर्ने स्थिती छ ।
भट्टराईले यही अवस्था रहे ढुवानी व्यवसाय गरेर खान गाह्रो हुने जानकारी दिए ।
तेस्रो मुलुकबाट निर्यातकर्ताले कच्चा पदार्थको अर्डर पनि लिन छाडेका छन । अर्डर लिएपनि ढुवानी भाडा बृद्धिले सामान मगाउनै गाह्रो हुँदा सुनसरी मोरङ औधोगिक क्षेत्रका प्राय: सवै उद्योगले यसवेला कच्चा पदार्थको अभावमा ६० प्रतिशतभन्दा बढीले उत्पादन कटौती गरेको उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले वताए ।
उद्योगले उत्पादन नै नगरेपछि सामान वाहिर पठाउने कुरै भएन । उत्पादित वस्तुको पनि उत्पादन लागत बढेर महँगो बनेको छ । राठीका अनुसार वस्तुको उत्पादन लागत बढेर महँगो भएका कारण बजारमा मागसमेत घटेकाले ढुवानी व्यवसायीले बिजिनेस नपाएको उनले बताए ।
मध्यपूर्व द्वन्द्वको प्रभाव औधोगिक क्षेत्रमा मात्र नभएर सर्वत्र परेको छ । औधोगिक उत्पादन ६० प्रतिशतसम्मले घटेको छ ।
राठीका अनुसार यसवेला उद्योगको मौज्जाद उत्पादनमात्र छिटपुट बजार पुग्दा सर्वत्र समस्या सृजना भएको हो । सामान्य अवस्थामा चाउचाउ, विस्कुट, मदिरा, लत्ता कपडा र खाद्यान्नको ढुवानी गर्न भ्याई नभ्यायी हुन्थ्यो ।
ढुवानी व्यवसायी संघ विराटनगरका संस्थापक अध्यक्ष जोशीले सामानको ढुवानी शून्य प्राय: छ । उनका अनुसार यसले गर्दा पूर्वका हजार भन्दा बढी ढुवानी व्यवसायी र त्यसमा आश्रित झण्डै ५ हजार मजदुर प्रभावित भएको अवस्था छ ।








प्रतिक्रिया