सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ अभियान सार्वजनिक, उपहार र ईएमआईको बहार

42
Shares

काठमाडौं । नेपालको अग्रणी घरायसी उपकरण ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को अवसरमा आफ्नो नयाँ वार्षिक ब्रान्ड अभियान ‘एक्स्पेरियन्स लाइफ विथ सीजी’ घोषणा गरेको छ । यस अभियान अन्तर्गत कम्पनीले ‘भरोसा नेपालीको उत्सव नयाँ वर्षको’ भन्ने विशेष नाराका साथ उपहार योजनाको समेत भव्य सुरुवात गरेको छ ।

गत वर्ष सञ्चालित ‘लेभल अप’ अभियानमार्फत एआई टिभी , एआई एयर फ्रायर, र १०० इन्चको विशाल टिभी जस्ता अत्याधुनिक प्रविधि भित्र्याएको सीजीले यस वर्ष ग्राहकको जीवनशैलीलाई अझ आधुनिक र सहज बनाउने लक्ष्य लिएको छ । ‘एक्स्पेरियन्स लाइफ विथ सीजी’ अभियान वर्ष २०८३ भरि नै विभिन्न उत्सवहरूमा जारी रहने कम्पनीले जनाएको छ ।

‘भरोसा नेपालीको उत्सव नयाँ वर्षको’ अन्तर्गत प्रत्येक सामानको खरिदमा ग्राहकले आकर्षक निश्चित उपहारहरू र विशेष क्यासब्याक प्राप्त गर्नेछन् । सीजीका स्मार्ट घरेलु उपकरण खरिद गरी क्यूआर कोड स्क्यान गरी विवरण दर्ता गर्ने ग्राहकहरू स्वतः लक्की ड्रमा सामेल हुनेछन्, जहाँ भाग्यशाली विजेताले बम्पर उपहार जित्न सक्नेछन् । प्रिमियम प्रविधिलाई आम नेपालीको पहुँचमा पुर्‍याउन कम्पनीले नागरिकता मात्र भए पुग्ने ‘सजिलो ०% ईएआईको वित्तीय सुविधालाई वर्षभरि नै निरन्तरता दिने भएको छ ।

विशेष गरी सीजीको ‘मेरिडिया’ सेगमेन्टका उत्पादनहरूले ग्राहकलाई विश्वस्तरीय र अत्याधुनिक जीवनशैलीको अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

नेपाली बजारमा ४० वर्षभन्दा लामो विरासत बोकेको सीजी इलेक्ट्रोनिक्सले देशभर रहेका २१ वटा आधुनिक शोरुम र ४० वटा सेवा केन्द्रमार्फत उत्कृष्ट बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ । ग्राहकहरूले सीजीको आधिकारिक वेबसाइट मार्फत अनलाइन खरिदको सुविधा पनि लिन सक्नेछन् । नवीन प्रविधि र गुणस्तरीय सेवामार्फत उपभोक्ताको जीवनलाई थप सुविधायुक्त बनाउने प्रतिबद्धताका साथ सीजीले यो नयाँ वर्षको सुरुवात गरेको हो ।