चिभाससहितका विदेशी मदिरा बेच्ने कम्पनीले एकै वर्ष गर्‍यो १ अर्ब ६६ करोडको व्यापार

784
Shares

काठमाडौं । पिर्नोड रिकार्ड ब्रान्डअन्तर्गत विभिन्न मदिरा बेच्ने एसपीजी ट्रेडिङले गत आर्थिक वर्षमा १ अर्ब ६६ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ ।

कम्पनीले सन् २०२४ मा १ अर्ब ६२ करोड ९० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब ६६ करोड ५० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ६० करोड १० लाख रुपैयाँ र सन् २०२१ मा ९६ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो ।

सन् २०१२ मा स्थापना भएको कम्पनी नेपालका लागि विभिन्न प्रकारका विदेशी ब्रान्डका मदिरा बेच्ने आधिकारिक वितरक र विक्रेता हो ।

कम्पनीले फ्रान्सेली ब्राण्ड पिर्नोड रिकार्डका विभिन्न मदिरा आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । पिर्नोड रिकार्ड ब्रान्डअन्तर्गत एब्सोलुट, ब्यालेन्टाइन, बीफिटर, चिभास रिगल, ज्याकब्स क्रीक, जेमसन, रोयल सलुट, द ग्लेनलिभेटसहित अन्य पर्दछन् ।

कम्पनीकाअनुसार गत आवमा सामान्य आर्थिक सुस्तता र ग्रे मार्केटको चुनौतीका बीच व्यापार स्थिर रहेको उल्लेख छ । त्यस्तै, चालु आवको ७ महिनाको अवधिमा व्यापार सकारात्मक रहेको जनाएको छ ।

शारडा ग्रुपको लगानी रहेको कम्पनीमा सन्दिपकुमार शारडा, गौरव शारडा र प्रदीपकुमार शारडाको १८.३३/१८.३३ प्रतिशत स्वामित्व छ । बाँकी ४५ प्रतिशत स्वामित्व राधेश्याम शारडा, सौरभ शारडा र अमितकुमार शारडाको छ ।

कम्पनीले अल्पकालीन कर्जाका लागि ८० करोड रुपैयाँको रेटिङ गराएको छ ।

Skip This