
काठमाडौं । सिटी वालेट प्रालि र छिटो पैसा प्रालिबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आगामी २०८३ साल वैशाख २ गते लाई मर्जरको दिन तय गरिएको जनाइएको छ ।
यस मर्जर सँगै छिटो पैसाका सम्पूर्ण सेवाग्राहीहरू अब सिटी पे को अत्याधुनिक र फराकिलो डिजिटल इकोसिस्टममा समाहित हुने कम्पनीले जनाएको छ ।
पठाओ लगायत अन्य राइड-सेयरिङ प्लेटफर्ममा आबद्ध राइडर्स, क्याप्टेन्स र हिरोज का लागि यो मर्जर विशेष कोशेढुङ्गा सावित हुने कम्पनीले विश्वास लिएको छ ।
अब ग्राहकले छुट्टाछुट्टै वालेट प्रयोग गरिरहनुपर्ने झन्झटबाट मुक्ति पाउँदै सिटी पेमार्फत ‘अल इन वान’ भुक्तानी समाधान प्राप्त गर्ने छन्।
इन्स्ट्यान्ट ड्यु पेमेन्ट: पठाओको बक्यौता र जरिवाना सिधै सिटी पेबाट तुरुन्तै भुक्तानी गरी आफ्नो एकाउन्ट सधैँ सक्रिय राख्न सकिनेछ।
विशेष लाभ: सिटी पेमा आवद्ध हुने राइडरहरूका लागि विशेष क्यासब्याक अफर, र अन्य ‘लोयल्टी रिवार्डस्’ हरूको व्यवस्था गरिएको छ।
समयको बचत: एउटै एपबाट व्यक्तिगत खर्च र कारोबार दुवै व्यवस्थापन गर्न सकिने हुनाले राइडरहरूको दैनिकी अझ सहज बन्नेछ।
आफ्नो मोबाइलको स्टोरबाट एप डाउनलोड गर्न सकिन्छ । आईओएस प्रयोगकर्ताले सिटीपे नेपाल र एन्ड्रोइड प्रयोगकर्ताले सिटीपे एप प्रयोग गर्नुपर्ने छ ।










प्रतिक्रिया